सिके राउतलाई रिहा गर्न प्रचण्डको आह्वान

९ आश्विन २०७१, बिहीबार १८:०९ मा प्रकाशित

काठमाडौं, ९ असोज । एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दाहालले मधेश टुक्राउने अभियानका क्रममा पक्राउ परेका डा. सीके राउतलाई रिहा गर्न आह्वान गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहिबार भएको कार्यक्रममा दाहालले राजतन्त्र फर्काउनुपर्छ भन्नेलाई त बोल्न दिएको भन्दै राउतको पक्राउको विरोध गरे ।
आत्मणिर्यको अधिकार हुनुपर्छ भनेर पहिलो संविधानसभामा पनि कुरा उठेको बताउदै एकीकृत माओवादी अध्यक्ष दाहालले अहिले छुट्टिने अधिकार हुनुपर्छ भन्दा पक्राउ गरेर सरकारले हिरो बनाउने काम गरेका आरोप लगाए ।

अध्यक्ष दाहालले राजतन्त्र चाहियो भनेर हतियार उठाएमा भने छाड्न नहुने बताए ।
अध्यक्ष दाहालले देशको रक्षा मधेसीले गरेको भन्दै पहाडिया सामन्तले नै देश विगारेको आरोप लगाए । डा. सिके राउत मधेशी युवाहरुलाई एकतृत गरेर छुट्टै मधेश राज्य बनाउने अभियानमा जुटीरहेका बेला केहि हप्ता अघि प्रहरीले बिराटनगरबाट पक्राउ गरेको थियो । राउतलाई देश बिखण्डनको आरोप लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।