प्रधानमन्त्री कोइराला द्धिपक्षीय भेटघाटमा व्यस्त, भ्रमण उपलब्धि बिहिन

९ आश्विन २०७१, बिहीबार ०९:१० मा प्रकाशित

पुरुषोत्तम ढकाल, न्युयोर्क, ९ असोज । राष्ट्रसंघिय शिखर सम्मेलनमा सहभागी हुने क्रममा अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला बिहिबार अलग अलग द्धिपक्षीय भेटघाटमा व्यस्त रहे । बिहिबार राष्ट्रसंघका महासचिव वानकी मुनले आयोजना गरेको प्रभातकालीन भेटघाट र दिवा भोजमा सरिक भएका छन् । आजै प्रधानमन्त्री कोइराला नेपाल सह आयोजक रहेको आतंकबाद सम्बन्धि अमेरिकाका राष्ट्रपति बराक ओबामाले अध्यक्षता गरेको राष्ट्रसंघिय सुरक्षा परिषदको सम्मेलनमा सहभागी भएका थिए । यस अघि बिहिबार राति प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बराक ओबामासंग भेट गर्नु भएको थियो । अमेरिकी राष्ट्रपति बराक ओबामाले आयोजना गरेको रात्री भोजमा प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपति बराक ओबामाबीच भेट भएको थियो । भेटमा प्रधानमन्त्री कोइरालाले अमेरिकी राष्ट्रपति बराक ओबामालाई उपयुक्त समयमा नेपाल भ्रमणलाई प्राथमिकतामा राख्न आग्रह गर्दै नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रधानमन्त्री कोइरालासंगै राष्ट्रसंघिय शिखर सम्मेलनमा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्र मन्त्रि महेन्द्र बहादुर पाण्डे पनि अलग अलग दिपक्षीय भेटघाटमा व्यस्त रहे । प्रधानमन्त्री सुशील कोइरालाले आगामी २६ तारिख ६९ औं राष्ट्रसंघिय शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । झन्डै २ करोड खर्च गर्दै दुई दर्जन लावा लस्कर बोकेर न्युयोर्क आएका प्रधानमन्त्री कोइरालाको यो भ्रमण नियमित छलफल र भेटघाट बाहेक उल्लेख्य र उपलब्धि मुलक द्धिपक्षीय भेट वार्ता तर्फ केन्द्रित हुन नसकेको भ्रमणमा सहभागी एक कुटनीतिज्ञको भनाइ छ । ति कुटनीतिज्ञको टिप्पणी थियो दुई करोडमा यस अघिका प्रधानमन्त्रीले जस्तै कोइरालाले पनि अमेरिकी राष्ट्रपति बराक ओबामासंग तस्बिर खिचाए, यो देशको उपलब्धि होकी होइन उनले प्रति प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा