महिला समूहमा लाखौँ बचत

९ आश्विन २०७१, बिहीबार ०९:०९ मा प्रकाशित

महोत्तरी, ९ असोज । सदियौँदेखि घरको कामकाजमा सीमित रहेका महोत्तरीका ग्रामीण भेगका महिलाहरू समूहमा आबद्ध भएर लाखौँ  रकम बचत गर्न सफल भएका छन् ।

जिल्लाको मध्यपश्चिम भागमा रहेको गौशाला नगरपालिकालगायत बेलगाछी गाविसका घरगृहस्थीमा सीमित रहेका महिलाहरूले समूहमा आबद्ध भई बचत गर्ने बानी बसालेका हुन् ।

विसं २०६८ मा महोत्तरीको बेलगाछीमा स्थापित सेवा समाजिक उद्यमी महिला सहकारी संस्थामाफर्त गठन भएको विभिन्न १६ वटा समूहमा २९८ जनाले सेयर लगानी गरेका छन् । उक्त संस्थामा गत असार महिनासम्ममा रु ३३ लाख ७७ हजार ७२० सङ्कलन भएको छ भने रु ३२ लाख ६० हजार ५०० समूहमा ऋण लगानी गरेको संस्थाकी अध्यक्ष मनकुमारी थापाले जानकारी दिईन ।

त्यस्तै उक्त संस्थामा २६ लाख १९ हजार ३३८ बचत रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । एक समूहमा १६ देखि २५ जना महिला रहेका र उनीहरूले मासिक १०० का दरले बचत गर्दै आएको संस्थाकी सचिव रेणुका सिंहले बताईन ।

संस्थामा बचत गर्दै आएकामध्ये कसैलाई पैसाको आवश्यक परेसमूहबाट एक पल्टमा एकजनालाई एकमुष्ठ २५ हजारका दरले ऋण लगानी गर्दै आएको सचिव सिंहले बताईन ।

समूहमा आबद्ध भएपछि आफूहरूको दिनचर्यामा परिवर्तन भएको उनीहरूको भनाइ छ । आफूहरूलाई आइपरेको बखतमा गाउँघरमा महँगो व्याजदरमा ऋण उठाउन नपरेको समूहका एक सदस्य भक्तमाया लुम्रेले बताईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा