दशैँमा २० लाख मानिसले काठमाडौं छोड्ने

९ आश्विन २०७१, बिहीबार ०९:०६ मा प्रकाशित

काठमाडौं, ९ असोज । दसैं मनाउनका लागि यो बर्ष २० लाखभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिर जाँदैछन् ।
सार्वजनिक सवारीसाधनको टिकट विक्रिको आधारमा सो तथ्यांक आएको हो ।

अहिलेसम्ममा करिव १२ लाख सर्वसाधारण उपत्यकाबाहिर गर्यसकेको विवरण प्राप्त भएको यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले जानकारी दिए ।

त्यस्तै करिव ५ लाखले टिकट बुकिङ गरेको र अरनिको यातायातमा टिकट काट्नेको विवरण प्राप्त नभएको र निजि तथा साना गाडीबाट जाने यात्रुको समेत संख्या जोड्दा २० लाखभन्दा बढी हुने दाहालको भनाई छ ।

यसैबीच यात्रुसँग बढी भाडालिने र टिकट काट्दा पनि सिट नदिई टुल भनेर लेख्ने व्यवसायीमाथि पनि कारवाही हुने भएको छ ।
सवारीसाधनको सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाईने भएकाले कसैमा यस्तो समस्या आए यात्रु सहायता कक्षमा उजुरी गर्न विभागले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र