सुरु भयो बडा दशैंः आज घटस्थापना

९ आश्विन २०७१, बिहीबार ०८:५५ मा प्रकाशित

काठमाडौं, ९ असोज । हिन्दुहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आज पहिलो दिन घटस्थापना भएकाले हिन्दु धर्मावलम्बीको घरघरमा आज घटस्थापना गरिँदैछ । आजकै दिनदेखि नवरात्री सुरु भएको छ ।

नवरात्रमा दुर्गा स्तोत्र पाठ गरी शक्ति स्वरुपा दुर्गाको स्तुति गरिन्छ । लिपपोत गरी चोखो गरिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरेर बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखि घटस्थापना गर्ने चलन छ ।
साईत पर्खनेका लागि नेपाल पंचाङग निर्णायक समितिले आज विहान पौने ११ बजे अर्थात १० बजेर ४५ मिनेट जाँदा घटस्थापनाका लागि उत्तम समय रहेको जनाएको छ ।

देशभरका शक्तिपीठ, देवी मन्दिरहरुमा यसै साईतमा घटस्थापना गरिन्छ । उपत्यकामा हनुमानढोकास्थित सरकारी दसैंघर, अलामकोट कचहरीमा रहेको पशुपतिनाथका मुल भट्टको कक्ष, भक्तपुरस्थित तलेजु भवानी, भोटाहिटिस्थित समरजंग कम्पनीको कोतघर र हनुमानढोकास्थित कडल्चोक भगवतीमा यसै साईतमा घटस्थापना गरिने भएको छ ।

गुहेश्वरी, भद्रकाली, नक्साल, भगवती, मैतीदेवी, साँखुस्थित बज्रयोगिनी, दक्षिणकाली, नरदेवी, रक्तकाली, भीमसेनगोलास्थित कात्यानी, ईन्द्रायणी, पशुपतिस्थित भुवनेश्वरी, बंगलामुखी लगायतका शक्तिपीठमा आजदेखि नवरात्र मेलाको तयारी गरिएको छ ।

घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म पशुपति राजराजेश्वरी पीठ विहान ४ बजेदेखि भक्तजनका लागि खुला हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

आजको प्रमुख समाचार