चेल्सी र म्यान्चेस्टर सिटी विजयी

९ आश्विन २०७१, बिहीबार ०८:५१ मा प्रकाशित

काठमाडौं, ९ असोज । इंग्लिस क्यापिटल वान कप फुटबल अन्तर्गत बुधबार राति भएका खेलहरुमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

लण्डन क्लव चेल्सीले लिग टु क्लव बोल्टन वान्डरर्सलाई २–१ ले हरायो । चेल्सीको जीतमा फ्रेन्च डिफेन्टर कुर्ट जुमा र ब्राजिलियन मिडफिल्डर ओस्कारको एक एक गोल सामेल थियो । उता, पुर्व चेल्सी खेलाडी फ्राङ्क लाम्पार्डले दुई गोल गरेपछि म्यान्चेस्टर सिटीले शेफिल्ड वेनस्डेलाई ७–० ले हरायो ।

सिटीका लागि एडिन जेकोले दुई गोल गरेका थिए भने याया टुरे, जिसस नाभास र पोजोले एक एक गोल गरेका थिए ।

लिग कप अन्तर्गत गएरातीका अन्य खेलहरुमा टोटनह्याम हट्सपरले नटीङघम फरेष्टलाई ३–१ ले न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई ३–२ ले तथा वेष्ट ब्रोमबिच आल्बीयनले हल सिटीलाई ३–२ ले पराजित गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवेदन दिएकामध्ये अन्तिम पाँच जनाको अन्तर्वार्ता लिएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा

काठमाडौं । फ्रेन्च लिग वानको खेलमा शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । स्टार खेलाडी नेयमार

आजको प्रमुख समाचार