मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु

९ आश्विन २०७१, बिहीबार ०८:४४ मा प्रकाशित

दाङ, ९ असोज । दाङ टरीगाँउको एरपोर्ट नजिक भएको मोटरसाईकल दुर्घटनामा एक यूवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामापरि फूलवारी निवासी २२ वर्षे हेमन्त डिसीको मृत्यू भएको हो । बुधबार दिउँसो तुलसीपुरबाट दक्षिण तर्फ जाँदै गरेको रा २ प ४६८५ नम्बरको मोटरसाईकल एरपोर्ट मोडमा अनियन्त्रित भै दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलमा सवार तीन जना घाईते भएका थिए । घाईते तिनै जनाको तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारकालागि बाँकेको कोहलपुर लगिएको थियो ।

उपचारको क्रममा डिसीको मृत्यू भएको प्रहरीले जनाएको छ । अन्य दुईजनाको बाँकेमै उपचार भैरहेको छ ।

यहि हप्ता नै एरपोर्ट देखि केहि माथि रजौरामा मोटरसाईकलले ठक्कर दिँदा तुलसीपुर ६ निवासी ३४ वर्ष माया छन्त्यालको मृत्यू भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने