आयरल्याण्डमा नेपाली महोत्सव भब्य रूपमा सम्पन्न

९ आश्विन २०७१, बिहीबार ०२:३४ मा प्रकाशित

आयरल्याण्ड । नेपालको सस्कृति र पर्यटन प्रबर्धन गर्नेउदेश्यले, आयरल्याण्ड को डब्लिन स्थित फोनिक्स पार्कमा नेपाली महोत्सव (नेपाल डे) यहि सेप्टेम्बर २१,२०१४ मा भब्यरुपमा सम्पन्न भयो। संयुक्त अधिराज्य र सह प्रमाणिकरन आयरल्याण्डका लागि कार्यबाहक नेपाली राजदूत तेज बहादुर क्षेत्री र डब्लिन महानगरका कार्यबाहक लर्ड मेयर टेरेसा केगनले संयुक्त रुपमा पानसमा बत्ती बाली उदघाटन गरी सुरु भएको उक्त कार्यक्रममा आयरल्याण्ड बासी नेपालीहरुलगायत हजारौको संख्यामा आइरिश समुदायको उपस्थिति थियो।

फिंगल काउन्टिकि मेयर काउनसीलोर मागस मुर्रे, डब्लिन की पूर्व लोर्ड मेयर तथा पूर्व यूरोपियन संसदकी सदश्य इम्मर कोस्तेल्लो बिशेष अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा नेपालका लोक संगीतका बरिष्ठ लोक गायक तथा आमेरिकाको र पेनिसुलवेनिय मेरिल्यान्डको लागी अवैतनिक महा बाणिज्यदूत प्रेम राजा महतको पनि उपस्थिति थियो।

उक्त महोत्सबमा नेपाली प्राकृतिक, सांस्कृतिक र सामाजिक परिदृश्य झल्काउनेतस्बिरहरुको प्रदर्शनी, नेपाली संगीत, नृत्यहरु, विभिन्न हस्तकलाको सामग्रीहरुको स्टलहरुतथा नेपाली स्वादिस्ट खानाका परिकारहरुको प्रदर्शन गरिएको थियो। नेपाली राजदुताबास, नेपाल आयरल्याण्ड समाज र एन आर एन आयरल्याण्डको संयुक्त पहलमा भएको उक्त कार्यक्रममा बोल्दैराजदूत क्षेत्रीले यस् किसिमका महोत्सवले आयरल्याण्डमा नेपाललाई चिनाउन उल्लेखिनिय भूमिका निर्बाह गर्नुका साथैनेपालको पर्यटन र नेपाली सस्कृतिको प्रबर्दन र संरक्षण गर्नेकार्यमा टेवा पुर्याउनेतथा नेपाली हरुआइरिश समुदाय सँग सामुदायीक समन्वय गर्न उल्लेखनिय भूमिका निर्बाह गर्नेधारणा ब्यक्त गर्नुभयो । वहालेनेपाल र आयरल्याण्ड को सरकारी स्तरबाट पनि सम्बन्ध बढाउनेबिषयमा आफुलागिरहेको कुरा जनाउदै यसका लागि आयार्ल्यान्ड़मा अवैतनिक बाणिज्यदुत खोल्न आवश्यक भएको बताउनुभयो।

प्रमुख अतिथि डब्लिन लोर्ड मेयर टेरेसा केगनलेनेपाल डेको सफलताको कमानागर्दैयस्ता कार्यलेदुइदेश बिचको सम्बन्ध लाई अरुबलियो बनाउनेविचार ब्यक्त गर्नुभयोरतेसैगरी फिंगल काउन्टी काउन्सिल कि मयोर मागस मुर्रेलेनेपालको पर्यटन बिकाशलाई बढावा दिन डब्लिन देखि काठमाडौँसम्म सिधा उडानको व्यवस्था हुनुपर्नेमा जोड दिदैडब्लिन अन्तरास्ट्रिय एरपोर्ट आफ्नैनगर भित्र रहेकालेसम्बन्धितनिकायमा आफुलेयस बिषयमा ध्यानाकर्षण गरिसकेको र भविष्यमा यस मुद्दालाई अघि बढाउनेबचन पनि दिनुभयो।

कार्यक्रममा एनआरएनए आयरल्याण्डका अध्यक्ष गणेश प्रसाइलेआयरल्याण्डमा यसरी आयोजना गरिएको नेपाल डेकार्यक्रमलेदेशको पर्यटन प्रर्वद्धनमा ठूलो सहयोग पुर्याउनेकुरा ब्यक्त गर्दै एनआरएन आयरल्याण्ड लेगर्दैआएका बिबिध कार्यक्रम को बारेमा पनिंचर्चा गर्नुभयो। नेपाली महोत्सब (नेपाल डे) तयारी समितिका संयोजक तथा नेपाल आयरल्याण्ड समाजका अधयक्ष दीपेश मान शाक्यले अतीथी र नेपाल डेतयार गर्न सहयोग गर्नेसम्पूर्ण सदस्य, प्रायोजक र कलाकारहरु लाई आयोजकको तर्फबाट धन्यवाद ब्यक्त गर्दैयस किशिमका कार्यक्रमलेविशेष गरेर नेपाली कला र संस्कृतिको प्रचार–प्रसार गरेर आयरल्याण्डका नागरिकका बीचमा नेपाली प्रर्यटनको प्रचार प्रसार गर्नु रहेको बताउनुभयो।

कार्यक्रम को शुरुमा नेपाल आयरल्याण्ड समाजका महासचिव गंगाराम कंडेलले उपस्थित सम्पूर्ण महानुभावलाई न्यानो स्वागत गर्नुभएको थियो । कार्यक्रम को दोश्रो चरणमा सुप्रसिद्ध लोक गायक प्रेम राजा महतले आकर्शक लोकगीत प्रस्तुत गर्नु भएको थियो। त्यस्तैनेपाल कल्चरल ग्रुप आयरल्याण्ड का स्थानीय कलाकारहरुको नृत्य र
गीतहरुको जोडदार प्रस्तुतिलेसम्पूर्ण दर्शकहरुलाई अत्यन्तैमनोरंजन प्रदान गरेको थियोर नेपालका विभिन्न जातजातिका भेष-भुषा लाई झल्काउनेनृत्यले दर्शकहरु लाई भरपुर मनोरन्जन गराउन सफल गराएको थियो।

बिदेशी र नेपाली गरेर झन्डै६ हजार दर्शकले उक्त मेलामा राखिएका नेपाल सम्बन्धित तस्बिरहरु निकै अभिरुचि का साथ अवलोकन गरेका थिए। कार्यक्रम को अन्तमा कार्यबाहक राजदूतले सम्पूर्ण कलाकारहरुलाई प्रसंशा प्रमाण पत्र वितरण गर्नुभएको थियो। साथैअन्तमा नेपाल घुमेर आउने दोहोरो हवाई टिकेट लगायत अन्य आकर्षक राफल पुरस्कार को घोषणा पनि गरिएको थियो । कार्यक्रम एनआरएन आयार्ल्यान्ड़का महासचिब प्रकाश श्रेष्ठ र करुणा थापा लेसंचालन गर्नुभएको थियो। सोही साझ आयरल्याण्डमा बसोबास गर्ने नेपाली हरुको लागि डब्लिनस्थित रेडिसन ब्लुहोटेलमा नेपालको महान चाड दशैँको शुभ अवशरमा प्रेमराजा महत साँझको आयोजना गरियको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको