बन्ला त आमसंचार विश्व बिद्यालय ?

८ आश्विन २०७१, बुधबार १६:४४ मा प्रकाशित

काठमाडौं, ८ असोज । सुचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजालले मुलुकको शैक्षिक विकासका लागि गुणस्तरयुक्त विश्वविद्यालयहरुको आवश्यकता सरकारले महशुष गरेको बताएका छन् ।

उनले अहिले सम्म क्षेत्रिय विश्वविद्यालयहरुको लहर चलेपनि अव विशिष्टीकृत वा विषयगत विश्वविद्यालयहरु खोलीनु पर्नेमा जोड दिए ।
आमसंचार तथा पत्रकारिता क्याम्पस सिजेएमसीले बुधबार राजधानीमा गरेको कार्यक्रममा संचार मन्त्री रिजालले तत्काल विश्वविद्यालय खोल्ने भन्दा पनि भएका कलेजहरुलाई नै प्रभावकारी बनाएर विश्वविद्यालयका आवश्यकता सर्वत्र महशुष गराउन सुझाव दिए ।

उनले विश्वविद्यालय संवन्धी ऐन अहिले संसदमा रहेकाले ऐन पारित भएपछि मात्रै स्विकृतिको प्रक्रिया अगाडी बढाउन सकिने जानकारी पनि दिए ।

कार्यक्रममा कलेजकी प्रिन्सीपल डा मन्जु मिश्रले आमसंचार विश्वविद्यालय खोल्न पाएमा स्वदेशमै संचारविज्ञहरु उत्पादन हुने र मुलुकको संचार क्षेत्रको गुणस्तर पनि सुध्रिने दावी गरिन् । उनले आमसंचार र पत्रकारिताको शिक्षामा सुधार नगरे सम्म मुलुकको पनि सुधार नहुने तर्क गरिन् ।

शिक्षा मन्त्रालयका सहसचिव डिल्ली रिमालले पनि विश्वविद्यालय संवन्धी पाँच ओटा ऐनहरु प्रक्रियामा रहेकाले ऐन पारित भएपछि मात्रै मापदण्ड पुरा गरेकालाई सरकारले स्विकृति दिने स्पष्ट पारे । उनले विशिष्टीकृत विश्वविद्यालय आवश्यक भएपनि दिगो बनाउने तर्फ पनि सरकारको चिन्ता रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

आजको प्रमुख समाचार