विवादित बिषयमा शुक्रबारसम्म सहमति खोज्ने

८ आश्विन २०७१, बुधबार १६:४० मा प्रकाशित

काठमाडौं, ८ असोज । संविधानसभा अन्र्तगतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधान विवादित विषयहरुलाई शुक्रबार सम्ममा मिलाउने भएको छ ।

विभिन्न सरोकारवाला निकायहरुसँग गरेको छलफलका आधारमा आएका सुझाबहरुलाई संकलन गरिएको थियो ।
विवाद समाधान उपसमितिका संयोजक लक्ष्मणलाल कर्णलाई ती विवादित विषयहरु मिलाएर आगामी शुक्रबार बस्ने बैठकमा पेश गर्न निर्देशन दिएको हो । सिंहदरबारमा आज बसेको संवाद समितिको बैठकमा यसअघि गठन भएको उपसमितिले विवादित विषयहरुलाई ३० वटा बुँदामा समेटेर प्रतिबेदन पेश गरेको थियो ।

ती बुँदाहरुमा पनि सहमति जुटाएर पेश गर्न भनिएको समितिका एक सदस्यले बताएका छन् ।
संवाद समितिले यसअघि सहमति जुटेका विषयहरु संविधानसभामा पेश गरिसकेको छ भने त्यबाट अनुमोदन भएका विषय अहिले संविधान मस्यौदा समितिमा पनि पुगेर छलफलका क्रममा रहेको छ ।

संविधानसभाको पूर्ण बैठकले विवादित विषयहरुमा फेरि सहमति खोज्न भनेपछि आगामी १४ गते भित्रमा सक्काउने गरि काम अघि बढाएको छ ।
१४ गते सम्ममा दलहरुका विचमा सहमति नभए विवादित विषयहरु संविधानसभामा अनुमोदनका लागि जाने छ ।
त्यसमा पक्ष र विपक्ष गरि टुंगाउने संविधानसभा नियमावलीमै व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

आजको प्रमुख समाचार