नन्दप्रसाद प्रकरणः मानव अधिकारकर्मी भन्छन् ‘न्यायमाथिको बलत्कार हो’

८ आश्विन २०७१, बुधबार १६:३७ मा प्रकाशित

काठमाडौं, ८ असोज । मानव अधिकारकर्मीहरुले छोराको हत्यारामाथी कारवाहीको माग राखी आमरण अनसनमा बसेका अधिकारी दम्पतीको सरकारले उचित सम्वोधन गर्न नसकेका कारण नन्द प्रसाद अधिकारीको मृत्य भएको आरोेप लगाएका छन् ।

बुधबार एक पत्रकार सम्मेलन गर्दै मानअधिकारकर्मीहरुले न्यायको माग गरिरहेका निर्दोष नागरीकको मृत्यु भएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखेका छन् । कार्यक्रममा बोल्दै जवाफदेहिता निगरानी समितिका अध्यक्ष सुशिल प्याकुरेलले सरकारले अधिकारीको निधनवारे जारी गरेको प्रेस विज्ञप्ती लज्जास्पद भएको बताउँदै गंगामायाको जीवन रक्षा गर्न आवश्यक पहल गर्नुपर्ने समेत बताएका छन् ।

प्याकुरेलले भने–‘‘पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले फुजेल प्रकरण नउचाल्न भन्दै सके आँफैलाई जेल हाल भनेर दिएको चुनौतीका कारण आज अधिकारीले ज्यान गुमाउनुप¥यो, यो न्याय माथिको बलात्कार हो । बाबुरामको अभिव्यक्ति राजनीतिको नाममा कंलक ठहरेको छ ।’’

उनले सरकारले चाहेको भए अधिकारी दम्पतिलाई न्याय दिलाउन सक्थ्यो भन्दै सरकारले केही कदम नचालेको कारण आफूले प्रधानमन्त्री सुशिल कोइराला अमेरिका गएको वेला उनलाई दवाव दिन सकियोस भनेर संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनलाई विशेष पत्राचार समेत गरेको स्पष्ट पारेका छन् ।

त्यसैगरी अर्का मानवअकिारकर्मी कनकमणी दिक्षितलले मानव अधिकारको बारेमा अरुलाई शिक्षा दिने पश्चिमा मूलुकहरु अधिकारी दम्पत्तिको बारेमा भने मौन बसेको भन्दै पश्चिमाहरुको लागि मानवअधिकार पनि तुलनात्मक विषय बनेको आरोप लगाएकाछन् । दिक्षितले ८ वर्षको निरन्तर न्यायको खोजीपछि सबैको चासोको विषय बनेको अधिकारी प्रकरणमा नन्द प्रसाद अधिकारीले कहिल्यै पनि आफ्नो अडान नछाडेको जानकारी दिँदै प्रचण्ड र बाबुरामको कारण अधिकारीको निधन भएको आरोप लगाएका छन् । उनले भने–‘‘बास्तवमा नन्द प्रसाद अधिकारी उहाँ एउटा अद्भुत नेपाली नागरिक हो, जसले आफ्नो छोराका लागि जीवन नै आहुती गरेका छन् ।’’

दिक्षितले सरकारले अधिकारी दम्पतिको विषयमा खुट्टा कमाएको कारण दम्पतीले न्याय नपाएको समेत आक्रोश पोखेका छन् ।

त्यस्तै अर्का मानवअधिकारकर्मी एवम् अधिवक्ता डा. दिनेश त्रिपाठीले आफूहरुले नन्द प्रसाद अधिकारीलाई बचाउने अथक प्रयाश गरेपनि सरकारले आफूहरुलाई साथ नदिएको कारण उहाँको निधन भएको प्रष्ट पारेका छन् । त्रिपाठीले भने–‘‘यस्तो क्षण पनि आउँछ कि कहिलेकाही मौन बस्दा पनि अपराध हुन्छ । त्यसैले तपाई हामी सवैले आ–आफ्नो ठाउँबाट किन नबोल्ने ?’’

उनले जुन दिन नन्द प्रसाद अधिकारीको निधन भयो त्यहि दिन नै न्यायिक प्रक्रियाको पनि च्याप्टर क्लोज भएका धारणा राखेका छन् । साथै त्रिपाठीले नन्द प्रसाद अधिकारीको निधन सँगै नेपालमा विधिको शासन पनि समाप्त भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार