म्याग्दी दुर्घटनाका १२ जनाको सनाखत (अपडेट)

८ आश्विन २०७१, बुधबार ०८:५० मा प्रकाशित

म्याग्दी, ८ असोज । उत्तरी म्याग्दीको हिस्तानमा मंगलबार दिउँसो जिप दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ ।

म्याग्दीको राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग१ज ४३२४ नम्बरको जिप हिस्तान–७ औलको गिद्धेश्वर मन्दिर नजिकको भिरबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जिपमा १३ जना व्यक्ति सवार भएको भनिए पनि १२ जनाको मात्र शव फेला परेको छ । मृतक १२ जना सबैको सनाखत भइसकेको घटनास्थलमा पुगेका म्याग्दी जिप तथा बस व्यवसायी समितिका अध्यक्ष सुरत केसीले जानकारी दिए । मृत्यु हुनेमा राम्चे गाविसका सचिव शालिग्राम शर्मा (सापकोटा), सचिव शर्माका भाइ वैकुण्ठ सापकोटा, भवन डिभिजन कार्यालय बागलुङका इन्जिनियर डिल्लु श्रेष्ठ, भवन डिभिजन कार्यालय बागलुङका सुपरभाइजर हेमन्त सिउथानी, राम्चे स्वास्थ्य चौकीका ठेकेदार अर्जुन भनिने रामबहादुर खत्री, चालक राम्चे काफलबोटका घमबहादुर पुर्जा, राम्चे– ३ का सुरेश गर्वुजा, राम्चे– ४ की याममाया पुर्जा, बागलुङका सुमित मलेपति, हिस्तान घराम्दीका देउबहादुर गर्वुजा, उनकी श्रीमती सममती गर्वुजा र हिस्तान घराम्दीकै हेमसरा गर्वुजा रहेको अध्यक्ष केसीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल