मनासलु पदमार्गमा लाइसेन्स बिनाका गाइड

८ आश्विन २०७१, बुधबार ०८:४१ मा प्रकाशित

गोरखा, ८ असोज । वर्षको पाँच हजार पर्यटक आउने गोरखाको मनासलु पर्यटन पदमार्गमा अनुमति नभएका गाइडले पनि पर्यटक ल्याउने गरेका छन् ।
एक वर्षमा सयभन्दा धेरै पर्यटकको समूह अनुमतिपत्र नभएका गाइडले ल्याउने गरेको यस क्षेत्रमा कार्यरत मनासलु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

अघिल्लो वर्ष करिब सयभन्दा धेरै ग्रुप लाइसेन्स नभएका गाइडसँंग आएको एमक्यापका जगतस्थित पर्यटक सुरक्षा चेकप्वाइन्टका प्रमुख रामचन्द्र अधिकारीले जानकारी दिए ।

लाइसेन्स नभएका गाइडले कतिपय पर्यटकलाई अलपत्र पार्ने गरेको पनि उनले बताए । अध्यागमन विभागले गाइडको लाइसेन्समा ध्यान दिनुपर्ने उनको भनाइ छ । एमक्यापले मनासलु क्षेत्रमा जाने गाइडलाई नेचर गाइड ट्रेनिङसमेत दिने गर्छ ।

त्यस्ता गाइडलाई एमक्याप, राष्ट्रिय निकुञ्ज, अध्यागमन विभाग तथा टानले तालिम दिई परिचयपत्र दिने गर्छ । संरक्षित क्षेत्र भएकाले पर्यटकको गु्रपसँगै अध्यागमन विभागले अध्यागमन अधिकृतसमेत पठाउने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा