इल्चेबिरुद्ध रोनाल्डोको गोल बर्षा

८ आश्विन २०७१, बुधबार ०८:३१ मा प्रकाशित

काठमाडौं, ८ असोज । स्पेनिस ला लिगा फुटबलमा क्रिष्टियानो रोनाल्डोको चार गोलको मदतमा रियल मड्रिडले इल्चेविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ५– १ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १५ औं मिनेटमा एडु अलबाकरले पेनाल्टीमार्फत गोल गर्दैै इल्चेलाई अग्रता दिलाएको भए पनि त्यो धेरैबेर कायम रहन सकेन । खेलको २० औं मिनेटमै ग्यारेथ बेलले रियल मड्रिडका लागि बराबरी गोल फर्काए ।

२८ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए भने ३२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा रियल मड्रिडलाई ३–१ को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा रोनाल्डोले फेरि पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यसअघि डिपोर्टिभोविरुद्ध रियल मड्रिडलाई ८–२ को जित दिलाउने क्रममा रोनाल्डोले ह्याट्रिक गरेका थिए ।

खेलको अन्तिममा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ५–१ को जित दिलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड ६२ रनमा अल आउट भएको छ । खेलको दोस्रो दिन न्यूजील्याण्ड केवल

काठमाडौं । काठमाडौमा जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लब र मनाङ मस्याङ्दी क्लब बराबरीमा रोकिएका

काठमाडौं।नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।

काठमाडौं।नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर

आजको प्रमुख समाचार