पञ्चेश्वर आयोजनाको विस्तृत प्रतिवेदन एक वर्षमा तयार हुने

८ आश्विन २०७१, बुधबार ०८:२० मा प्रकाशित

काठमाडौं, ८ असोज । बहुप्रतिक्षीत पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन आगामी एक वर्षभित्र निर्माण हुने भएको छ ।

आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल–भारत संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा मंगलबार भएको सहमतिमा सो विषय उल्लेख गरिएको छ । बाइस वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको सो आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ बैठक आयोजना गरिएको थियो ।

महकाली नदीमा निर्माण हुने सो आयोजनालाई अगाडि बढाउने विषयमा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सहमति भएको थियो । सो सहमतिअनुसार संयुक्त बैठकको आयोजना गरिएको र महत्वपूर्ण सहमति भएको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले जानकारी दिए ।

दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा भएको सहमतिअनुसार नेपालले सो आयोजनालाई अगाडि बढाउनका लागि तत्काल कार्यकारी प्रमुख नियुक्त गर्ने छ । प्रमुख कार्यकारी अधिकृतको नियुक्ति आगामी महिना नयाँ दिल्लीमा हुने संयुक्त बैठकमा गरिनेछ । यस्तै उपकार्यकारी निर्देशक भने भारतका तर्फबाट नियुक्त हुनेछ ।

आयोजना अगाडि बढाउन दुवै देशका ऊर्जा सचिव रहने सञ्चालक समिति र कार्यकारिणी समितिसमेत बनाइनेछ । सो समितिले लागतलगायत विस्तृत अध्ययन गर्ने छ । यस्तै नेपाल र भारतले तयार पारेको विस्तृत आयोजना प्रतिवेदन अद्यावधिक गर्ने र पूर्ण मस्यौदा तयार पारी निर्माण प्रक्रिया सुरु गर्नेसमेत सहमति भएको सचिव क्षेत्रीले जानकारी दिए ।

यसअघि सो आयोजनाको सम्बन्धमा राजनीतिक क्षेत्रमा समेत चर्को विरोध हुँदै आएको थियो । महाकाली सन्धि विषयमा नेकपा एमालेसमेत विभाजित भएको थियो । सोही सन्धिको धारा १० मा रहेको प्रावधानअनुसार आयोजना अगाडि बढाउन प्राधिकरण गठन गरिएको उनको भनाई छ ।

तत्काल सो आयोजनाको कार्यालय यहाँ स्थापना गरिने । भीमदत्तनगरमा आवश्यक तयारी पूरा भएपछि उही स्थानान्तरण गरिनेछ । कर्मचारी तथा प्राविधिकको नियुक्ति दुवै देशको सहमतिमा गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा