बाढी पिडितलाई भेट्दै राष्ट्रपति यादव

७ आश्विन २०७१, मंगलवार १५:२९ मा प्रकाशित

सुर्खेत, ७ असोज । राष्ट्रपति डा. रामवरण यादवले आज सुर्खेतको कालागाउँस्थित बाढीपीडित विस्थापित शिविरमा पुगेर विस्थापितहरुको अवस्थाबारे जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा राष्ट्रपति यादवले शिविर रहेका विस्थापितसँग भेटघाट र कुराकानी गरी शिविरको व्यवस्थापन र उनीहरूको बसोबास, खाद्यान्न, स्वास्थ्यलगायतका बारेमा जिज्ञासा राखेका थिए ।

भेटका क्रममा विस्थापितहरुले सरकारले दिएको खाद्यान्न यही असोज ४ गतेदेखि सकिएका कारण अहिले आपूmहरूलाई हातमुख जोर्न समस्या भएको गुनासो गरेका थिए ।
बिस्थापितहरुको गुनासो सुनेपछि राष्ट्रपति यादवले विस्थापितहरुको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि सरकार, राजनीतिक दल तथा अन्य सरोकारवाला निकायमा आपूmले सक्दो पहल गर्ने बताएका थिए ।

बिस्थापितहरुसंग भेट गर्ने क्रममा सिँचाइमन्त्री एनपी साउदले विस्थापितहरुको दीर्घकालीन व्यवस्थापनका लागि सरकार गम्भीर भएर लागिरहेको जानकारी गराएका थिए ।
यस अघि राष्ट्रपति यादवले कैलालीका बिभिन्न क्षेत्रका बाढी पिडितहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा