एमाले नेतृ प्रधानको अन्त्यष्टि

७ आश्विन २०७१, मंगलवार १५:२४ मा प्रकाशित

काठमाडौं, ७ असोज । उपचारका क्रममा हिजो निधन भएकी एमाले नेतृ साहना प्रधानको दहासंस्कार पशुपति आर्यघाट गरिएको छ ।

बल्खुस्थित बयोधा अस्पतालमा उपचाारका क्रममा निधन भएकी प्रधानको पार्थिब शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान पार्टी कार्यालय बल्खुमा राखिएको थियो ।

श्रद्धाञ्जलीका लागि एमालेका शीर्ष नेताहरुका साथै अन्य पार्टीका नेताले बल्खु प्रधानप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्त्येष्टिका लागि प्रधानको बल्खुबाट कालीमाटी, त्रिपुरेश्वर, जमल, घण्टाघर, कमलपोखरी, मैतीदेवी, ज्ञानेश्वर, रातोपुल र गौशाला हुँदै पशुपति आर्यघाट लगिएको हो ।

प्रधानको श्रद्धाञ्जलीका लागि एमालेले पार्टीको झण्डा तीन दिन झुकाउन निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय बल्खुमा बसेको पदाधिकारी बैठकले उनको सम्मान्न झण्डा झुकाउँदै तीन दिन कुनै पनि औपचारिक कार्यक्रम नगर्ने भएको छ ।

तीन वर्षदेखि नसाको समस्याबाट पीडित प्रधानलाई जेठ २३ गते मतिष्कघात भएको थियो । प्रधानको गएराति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
१९८४ असार २७ गते जन्मेकी साहनाको बाल्यकाल केही समय तत्कालिन बर्मामा वितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार