म्याग्दीमा जीप दुर्घटना, जीपमा सवार सबै १० जनाको मृत्यु

७ आश्विन २०७१, मंगलवार १५:१६ मा प्रकाशित

म्याग्दी, ७ असोज । म्याग्दीको हिस्तानमा मंगलबार दिउंसो जीप दुघर्टना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
राम्चेबाट सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जीप हिस्तान ७ र ८ गिद्देश्वर मन्दिर नजिकै दुर्घटना भएको हो ।

घटना घटे लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक जर्नादन जिसीको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ लागेको छ ।
स्थानीयले १० मध्ये ४ जनाको शब बाहिर निकालिसकेका छन् ।

जीप सडक भन्दा करिब २ मिटर तल खसेकोले जीपमा सवार सबैको मृत्यु हुनसक्ने म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिब सुमन श्रेष्ठले जानकारी दिए ।

जीपमा १३ भन्दा बढी यात्रु सवार रहेको बताईएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भइरहेको प्रदेश अधिवेशनको मतदानका क्रममा विवाद भएको छ । १ नम्बर प्रदेशको

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट