मानिसले चपाउँदा बिजुली निस्किन्छ !

७ आश्विन २०७१, मंगलवार ०९:२६ मा प्रकाशित

क्यानडाका बैज्ञानिकहरुले मानिसले चपाउँदा बिजुली निकाल्न सकिने मेसिन बनाएका छन् ।
मानिसले चपाउँदा उत्पन्न हुने प्रतिक्रियालाई उक्त मेसिनले बिजुलीमा बदल्न सक्ने वैज्ञानिकहरुको दाबी छ ।
तर कुनै पनि कार्यमा प्रयोग गर्न सकिने स्तरमा बिजुली उत्पादनका लागि भने अहिले तयार भएको मेसिन अर्थात पट्टाको क्षमता २० गुणा बढाउनु पर्नेछ । यो पट्टाले कानमा प्रयोग हुने मेशिन तथा विभिन्न ग्याजेटहरुको ब्याट्रीको स्थान लिने वैज्ञानिकहरुको दावी छ ।
मानिसको अनुहारको दाँतको आडमा लगाइने एक स्मार्ट पदार्थमा चपाउँदा पर्ने दबाबले बिजुली उत्पादन हुने वैज्ञानिकहरुले बताएका छन् । एक मिनेट चपाउँदा १८ माइक्रो वाट बिजुली उत्पादन हुने शोधकर्ताहरुको भनाई छ । यो शोध बेलायतको इन्स्टिच्युट अफ फिजिक्सको जर्नलमा प्रकाशित भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै

काठमाडौँ । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)