यसियाडमा आज फेन्सिङ र महिला बास्केटबलमा नेपाल भिड्ने

७ आश्विन २०७१, मंगलवार ०९:२१ मा प्रकाशित

काठमाडौं, ७ असोज । दक्षिण कोरियामा जारी सत्रौ एसियाड अन्र्तगत आज पनि विभिन्न खेलहरु हुँदै छन् । आज हुने प्रतिस्पर्धा अन्र्तगत नेपालले आज महिला बास्केटबल र फेनिसिङमा सहभागिता जनाउँदै छ ।

फेन्सिङ पुरुष तर्फ नेपालले आयोजक दक्षिण कोरियासँग भिड्ने छ ।
यसैगरी महिला बास्केटबल टिमले काजकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । यसैगरी आज उसु र पौडीका अन्य खेलहरु पनि हुने छन् ।

प्रतियोगिताको पाँचौ दिन सम्म आइपुग्दा नेपालले कुनैपनि पदक जितेको छैन । पदक तालिकामा अहिले सम्म चीन शीर्ष स्थानमा छ । उसले २७ स्वर्ण १४ रजत र १८ कास्य सहित कुल ५९ पदक जितेको छ ।

दोस्रो स्थानमा रहेको कोरियाले १४ स्वर्ण, १६ रजत र १६ कास्य सहित कुल ४६ पदकका साथ दोस्रो स्थानमा छ । जापान ४२ पदकका साथ तेस्रो स्थानमा रहँदा मंगोलिया १२ पदक सहित चौथो र उत्तर कोरिया १० पदकका साथ पाँचौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार