अमेरिकाले सुरु गर्यो आईएसबिरुद्ध कार्वाही

७ आश्विन २०७१, मंगलवार ०९:१३ मा प्रकाशित

काठमाडामैं, ७ असोज । अमेरिकाले स्लामिक चरम्पन्थी समूह आईसबिरुद्धको कार्वाही दोस्रो चरणमा अगाडी बढाएको छ ।

पेन्टागनका प्रवक्ता रियर एडमिरल जोन किर्बीलले हवाई हमला चरम्पन्थीका क्याम्पहरुमा पुन सुरु गरिएको जानकारी दिएका छन् ।
उनले अमेरिकी लडाकु विमानहरुले टमहक मिसाईल प्रयोग गरी हमला तिब्र पारेको जनाएका हुन् ।

उनले सिरियाका बिभिन्न स्थानमा हवाई हमला जारी रहेकाले यसबारे थप जानकारी प्रदान गरेका छैनन् ।
यस अघि अमेरिकी लडाकु बिमानहरुले इराकका बिभिन्न ठाउँमा आईएस चरम्पन्थीबिरुद्ध १ सय ९० पटक हवाई हमला गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आक्रमणलाई तिब्र पार्ने बक्तव्य जारी गरेको केहि समयमै लडाकु बिमानहरुले आईएसका क्याम्पहरुमा आक्रमण पुन सुरु गरेको हो । आक्रमणबाट भएको उपलब्धीबारे भने जानकारी गराईएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाकार्ता । इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना

न्युयाेर्क । वैज्ञानिकहरुले खुला सागरको एउटा क्षेत्रमा प्लाष्टिकको थुप्रोमा बस्ने समुद्री जनावरहरु पत्ता लगाएका छन् । वैज्ञानिकहरुले साे क्षेत्रलाई ग्रेट

लन्डन । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि

इलाम।चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा