प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परिक्षण

७ आश्विन २०७१, मंगलवार ०९:०६ मा प्रकाशित

काठमाडौं, ७ असोज । प्रधानमन्त्री सुशील कोइराला क्यान्सरमुक्त भएको चिकित्सकहरुले बताएका छन् । सोमबार राती मेमोरियल स्लोन केटरिड. क्यान्सर अस्पतालमा अनुगमन स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्रीले रेडियो थेरापी लिनुभएको ६ हप्तापछि यो फलोअप चेकअप गराएका हुन् । मेमोरियल स्लोन क्यान्सर अस्पतालमा डा. मञ्जित बैन्सले कोइरालाको रगत परीक्षण, सीइसीटी, छाती र पेट स्क्यान गराएका थिए ।

सबै परीक्षण रिपोर्टहरुको विश्लेषणपछि प्रधानमन्त्री कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ योगी र डा. बैन्सले प्रधानमन्त्री कोइराला क्यान्सर रोगबाट मुक्त भएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

डा योगीका अनुसार कोइरालाको फोक्सोमा देखिएको सेतो दाग रेडियो थेरापी उपचारपछि हटेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

आजको प्रमुख समाचार