अधिकारीको शव शिक्षणमाः बुझ्न कोही गएन

७ आश्विन २०७१, मंगलवार ०९:०३ मा प्रकाशित

काठमाडौं, ७ असोज । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेकै क्रममा निधन भएका गोरखाका नन्दप्रसाद अधिकारीको शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

११ महिना देखि निरन्तर अनसन बस्दै आएका अधिकारीको सोमबार बेलुका विर अस्पतालमा निधन भएको हो । दुई छोरामध्ये कान्छा कृष्णलाई तत्कालिन माओवादीले चितवनमा हत्या गरेका थिए ।
त्यसपछि छोराको हत्यारालाई कारवाहीको माग गर्दै निरन्तर आन्दोलनमा रहेका अधिकारी दम्पति ११ महिनादेखि अनसनमा बसेका थिए ।

वुबाको मृत्यु भएको खवर पाएर पनि जेठा छोरा नुरप्रसाद कसैको सम्पर्कमा नआउँदा शव बुझ्ने कोही नभएको नजिकका छिमेकीहरुले बताएका छन् ।
अधिकारीको शव शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । गोरखा फुजेलका छिमेकीहरु शिक्षण अस्पतालमा जम्मा भएका छन् भने छोरा हिजो बेलुका केहीबेर मानवअधिकारकर्मीको सम्पर्कमा आएपनि त्यसपछि कसैको सम्पर्कमा आएका छैनन् ।

उनले आफ्नो बुवाको मृत्युको जिम्मा प्रधानमन्त्री र प्रचण्डले लिनुपर्ने बताउँदै मोवाईल स्वीचअफ गरेका थिए । चिवतनमा रहेका नन्दप्रसादका कान्छा भाईलाई खबर गरिएको भएपनि अहिलेसम्म आईनपुगेको आफन्तले जनाएका छन् ।

नन्दप्रसाद आफ्नी पत्नी गंगामाया अधिकारीसंगै अनसनमा बसेका थिए । पत्नी गंगामायाको अवस्था पनि चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनको अहिले वीर अस्पतालमै उपचार भईरहेको छ ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गर्ने माओबादीका कार्यकर्तालाई कारवाही गर्न माग गर्दै अधिकारी दम्पत्ति यसअघि पनि ४७ दिन सम्म आमरण अनसनमा बसेका थिए ।

माओबादीले चितवनमा विदा मनाउन गएका बेला २०६१ साल जेठ २४ गते अपहरण गरेर १७ बर्षका कृष्णप्रसाद अधिकारीको हत्या गरेका थिए । अधिकारी दम्पत्तिले किटानी जाहेरि सहित पटक पटक कारवाहीका लागि आग्रह गर्दा पनि माओबादी अवरोधका कारण कारवाही हुन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

आजको प्रमुख समाचार