सरुवा नगरिदिएपछि शिक्षक बेहोस

७ आश्विन २०७१, मंगलवार ०८:२२ मा प्रकाशित

बारा, ७ असोज । सरुवाका लागि घुस खुवाउँदासमेत आफ्नो काम नभएपछि बाराका एक शिक्षक बेहोस भएका छन् । उच्च माध्यमिक विद्यालय कोल्भीका शिक्षक वीरेन्द्र साहले आफ्नो सरुवा सदरमुकाम कलैयामा गरिदिन जिल्ला शिक्षा कार्यालय बारामा कार्यरत कर्मचारी विद्यानन्दप्रसाद यादबलाई १५ हजार रुपयाँ घुस दिएका थिए ।

शाहको पैसा खाएर पनि शिक्षा कार्यालयका कर्मचारीले काम नगरि दिएपछि शाह कार्यालय परिसरमै बेहोस भएका हुन् । बेहोस शिक्षकलाई तत्काल उपचारका लागि कलैया अस्पतालमा लगिएको र त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंस्थित न्यूरो अस्पतालमा ल्याईएको नेपाल शिक्षक युनियन बाराका अध्यक्ष भरत साहले बताए ।

जिल्ला शिक्षा कार्यालयमा सोमबार शिक्षकहरुका लागि आयोजित एक कार्याक्रममा सहभागी भई आफ्नो सरुवाको विषयलाई लिएर शिक्षा कार्यालयका कर्मचारी विद्यानन्दप्रसादसँग विवाद गरेका साह निजको कार्यकक्षमै बेहोस भई ढलेका थिए ।

यो घटनाका सम्बन्धमा जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले घुस खाए नखाएको बारेमा विशेष अनुसन्धान भइरहेको र प्रमाणित भए दोषी कर्मचारीलाई कडा कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

आजको प्रमुख समाचार