प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ साहना प्रधानको निधन

७ आश्विन २०७१, मंगलवार ०५:४४ मा प्रकाशित

काठमाडौ, ७ असोज । नेपालको प्रजातान्त्रिक आन्दोलनकी अग्रणी महिला नेतृ साहना प्रधानको ८८ बर्षको उमेरमा योधा अस्पतालमा उपचाररत नेतृ प्रधानको साेमबार राति ११ बजेर ५ मिनेटमा  निधन भएको छ । मस्तिष्कघातको समस्याले ग्रस्त प्रधान एक बर्ष देखि विभिन्न रोगले च्यापेर स्वास्थ्यस्थिति गम्भीर बने पछि चिकित्सकहरुको सल्लाह अनुसारउ पचाररत रहदै आएकी थिइन् । राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत नेतृ प्रधानको साेमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको थियो । नेतृ प्रधानको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रिय कार्यालय बल्खुमा राखिने एमालेले जनाएकाे छ । आजै अपरान्ह शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेतृ प्रधानको पारिवारिक स्रोतले जानकारी दिएको छ । ८८ बर्षिया प्रधान तीन वर्षदेखि थला परेकी थिइन् । गत फागुन १३ गते बाथरुममा लडेर उनको हात भाँच्चिएको थियो । त्यस अघि सम्म नेतृ प्रधान मान्छे चिन्ने, बोल्ने र सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा थिइन् । एमाले नेतृ प्रधान महिला अधिकार स्थापना र नेपालको प्रजातान्त्रिक आन्दोलनमा विसं २००२ सालदेखि क्रियाशील रहदै आएकी हुन् । विसं १९८४ सालमा काठमाडौंको असनमा जन्मिएकी प्रधानले नेपाली कम्युनिस्ट आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी थिइन् । निरंकुश राणाशासन, पञ्चायती तानाशाही व्यवस्था, राजतन्त्रविरोधी आन्दोलनमा पनि सक्रिय थिइन् ।

प्रधानका एक छोरा र एक छोरी छन् । उनी छोरा र बुहारीसँगै बस्दै आएकी छन् । उनलाई कुनै रोग नलागेको तर बुढ्यौलीले समस्या पारेको चिकित्सकहरूले बताउँदै आएका थिए । उनी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी श्रीमती हुन् । विवाहअघिदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय उनले मुलुकमा महिला अधिकार स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

दुई वर्षको उमेरमै आमा गुमाएपछि बुवासँग बर्मा गएकी उनी कक्षा सात पढ्दापढ्दै नेपाल फर्किएकी थिइन् । २००४ वैशाख १७ गते नेपालमा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार महिला कार्यकर्तामध्ये साहना, कनकलता, स्नेहलता र साधना प्रधान थिए । त्यसक्रममा उनी पक्राउ परेकी थिइन् । १५ दिन आमरण अनशन बसेपछि महिलालाई शिक्षा दिलाउन तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले आश्वासन दिएपछि मात्रै उनीहरूको आन्दोलन सेलाएको थियो ।

२००९ मा भारतको पटना बोर्डअन्तर्गत नेपालबाट सहभागी बीएका ७२ परीक्षार्थीमध्ये उनी एकमात्र महिला थिइन् । त्यही वर्ष उनको विवाह पुष्पलाल श्रेष्ठसँग भएको थियो । त्यसपछि पनि राणाविरोधी आन्दोलनमा लाग्दै प्रधानले महिलाका हकहितका निम्ति काम गरिरहिन् । विगतमा एमालेबाट छुट्टएिर बनेको मालेकी अध्यक्षसमेत रहेकी प्रधान हाल एमाले केन्द्रीय सदस्य छिन् । ०४६ को आन्दोलनमा संयुक्त वाममोर्चाको अध्यक्षता उनैले गरेकी थिइन् । प्रजातन्त्र पुनःस्थापनापछि गठित सरकारमा उनी उद्योग तथा वाणिज्यमन्त्री र ०६२/६३ को आन्दोलनपछि पहिलो महिला उपप्रधान तथा परराष्ट्रमन्त्री बनेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना