मोना युकेको अध्यक्षमा प्रकाश पौडेल

७ आश्विन २०७१, मंगलवार ०३:५१ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको अध्यक्षमा प्रकाश पौडेल चयन भएका छन् । म्याग्दी जिल्लाको पुलाचौरमा जन्मिएका पौडेल मोना युकेको चौथो अधिवेसनको सहमति अनुसार अध्यक्षमा चयन भएका हुन । अधिवेसनमा ३ बर्षे कार्यकालयको लागि म्याग्दीको ताकमका उमेश राना र पौडेल विच कार्यकालको आधा आधा समय आलोपालो नेतृत्व गर्ने सहमती भएको थियो । रानाको अध्यक्षतामा रहेका उपाध्यक्ष्ँहरुमा कमल बहादुर पुर्जा, दल जुग्जाली र शान्ता गौचन, महासचिवमा खिम शेरचन, कोषाध्यक्षमा किसन जीसी, सहकोषाध्यक्ष्ँमा गिरी थापा पौडेल अध्यक्ष्ँताको कार्यसमितिमा पनि रहनेछन् । यद्यपी केहि नयां पदाधिकारी तथा सदस्यहरु भने थप हुने अध्यक्ष्ँ पौडेलले जानकारी दिए ।
सोही सहमति अनुसार रानाको कार्यकाल सकिएपछि सेप्टेम्वर १ देखि पौडेल मोना युकेको कार्यकारी अध्यक्ष बनेका हुन । यसअघिका अध्यक्ष्ँ उमेश रानाले ईमेल मार्फत पौडेललाई आगामी कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
सहमति अनुसार पौडेल अध्यक्षमा चयन भएपछि छिट्टै औपचारीक समारोह गरी नेतृत्व हस्तान्तरण्ँ गर्ने तयारी भईरहेको छ । चौथो अधिवेसनबाट निर्वाचित अन्य पदाधिकारीहरु भने यथावत रहने बताईएको छ । संस्थाले म्याग्दीको शिक्षा, स्वास्थ्य, लगायतका सामाजीक क्षेत्रमा ठुलो सहयोग पुर्याउदै आएको छ । अध्यक्ष रानाले आङ्खनो कार्यकालमा समन्वयकारी भुमीका निर्वाह गरेकोमा धन्यबाद दि“दै पौडेलले आङ्खनो कार्यकाललाई समेत समन्वयकारी बनाउने र ऐतिहाँसिक रुपमा सफल बनाउन सवै क्षेत्रबाट सहयोगको उपेक्षा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार