उच्चस्तरीय संयन्त्र गठन अन्यौलमा

६ आश्विन २०७१, सोमबार १९:११ मा प्रकाशित

काठमाडौं, ६ असोज ।  उच्चस्तरीय राजनितिक समितिको नेतृत्वका विषयमा सहमति हुन नसक्दा प्रमुख तिन राजनितिक पार्टीहरुको बैठक सोमबार पनि उपलव्धीविहिन भएको छ ।

एकिकृत नेकपा माओबादीले समितिको नेतृत्व प्रमुख प्रतिपक्षिको हैसियतले आफुहरुले पाउनु पर्ने अडान राखेपनि सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले भने पालैपालो गर्नु पर्ने बताएकाले सहमति हुन नसकेको हो ।
सिंहदरबारमा बसेको बैठकमा आज पनि माओबादीले आफ्नो अडानबाट पछाडी नहटेपनि सहमति कायम गर्न नसकिएको नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा दलहरुबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नेबारे कुरा मिले पनि नेतृत्वको बारेमा भने कुरा मिल्न नसकेको उनले स्पष्ट पारे ।
उच्चस्तरिय समिति गठन वाहेक लामो समय देखि अवरुद्ध हुदै आएको संसद खुलाउने विषयमा पनि छलफल भएको थियो ।

उच्चस्तरीय राजनीति समिति बनाउने विषयमा सहमति नहुदा सम्म अवरुद्ध संसद सुचारु गर्न नदिने अडान एमाओबादीले लिएको छ ।
समिति गठनकै विषयलाई लिएर विपक्षीले लगातार संसद अवरुद्ध पार्दै आएका छन् । तीन दलको बैठक अघि सत्तारुढ नेपाली काँग्रेस नेकपा एमालेको बैठक पनि सिंहदरबारमा बसेको थियो । सत्तारुढ दलहरुका बिचमा लगातार अबरुद्ध हुँदै आएको संसद खुलाउने बिषमा छलफल भएको थियो ।

दलहरुका बिचमा सहमति नभएकाले सोमबार बोलाईएको संसद बैठक पनि बिपक्षीहरुले अबरुद्ध गरेका छन् । संसद बैठक सुरु भए लगत्तै एकीकृत माओवादीका मुख्य सचेतक गिरिराजमणी पोखरेल उठेर बैठक चल्न नसक्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार