६ देशका राजदूत अनुमोदित

६ आश्विन २०७१, सोमबार १९:०८ मा प्रकाशित

काठमाडौं, ६ असोज । संसदीय विशेष सुनुवाई समितिले प्रस्तावित ६ जना राजदुतहरुको नाम अनुमोदन गरेको छ । सुनुवाई समितिको सोमबार बसेको बैठकले राजदुतहरुको नाम अनुमोदन गरेको हो ।

समितिले जेनेभाका लागि दीपक धिताल, फ्रान्सका लागि अम्बिका लुईंटेल, थाईल्याण्डका लागि खगनाथ अधिकारी, दक्षिण कोरियाका लागि अमृत राई, क्यानडाका लागि कालिप्रसाद पोखरेल र कुवेतका लागि यज्ञबहादुर हमालको नाम अनुमोनद गरेको हो ।

भदौं १९ गते बसेको मन्त्रिपरिषद् वैठकले कर्मचारीबाट ६ राजदुतको नाम सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरुमाथि सुनुवाई गरे पनि समितिले आज नाम अनुमोदन गरेको हो । सुनुवाईका क्रममा उनीहरुले आफूले पाएको जिम्मेवारी इमानदारितका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

समितिले अनुमोदन गरेकाहरुलाई राष्ट्रपति रामवरण यादवल राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
सरकारले राजनीतिक दलबाट अन्य दश देशका लागि पनि राजदूत नियुक्तिको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार