छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा रहेका नन्दप्रसादको निधन

६ आश्विन २०७१, सोमबार १७:५० मा प्रकाशित

काठमाडौं, ६ असोज । छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरण अनसनमा बसेका गोर्खाका नन्दप्रसाद अधिकारीको आज निधन भएको छ ।
११ महिना देखि निरन्तर अनसन बस्दै आएका अधिकारीको आज साँझ पाँच बजेतिर विर अस्पतालमा निधन भएको हो ।

उनी आफ्नी पत्नी नन्दमाया गंगामाया अधिकारीसंगै अनसनमा बसेका थिए ।
आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या गर्ने माओबादीका कार्यकर्तालाई कारवाही गर्न माग गर्दै अधिकारी दम्पत्ति यसअघि पनि लामो समय आमरण अनसनमा बसेका थिए ।

उनीहरुको लामो समय सम्मको आमरण अनसनका कारण तत्कालिन खिलराज रेग्मी नेतृत्वको सरकारले केही आरोपीहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको थियो ।

तर माओबादी नेताहरुको चर्को विरोधका कारण सरकारले कारवाही प्रक्रिया अगाडी बढाउन सकेको थिएन । आरोपीहरुलाई पक्रेको विरोधमा माओबादीले बन्दको आह्वान नै गरेको थियो भने एकिकृत माओबादीका नेता डा वावुराम भट्टराईले आफुलाई पक्रन चनौति दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा

काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न

काठमाडौँ, १९ साउन (रासस): नेपालमा चार जनामा घटेको सङ्क्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो