भोकालाई खुवाउने अभियान

६ आश्विन २०७१, सोमबार १२:५० मा प्रकाशित

दाङ ६ असोज ।  खान नपाएर छट्पटाईरहेकाहरुको लागि दाङमा कोही भोका नहुन अभियान सुरु भएको छ ।

विभिन्न कारणले खान नपाएका अशक्तहरुको लागि जिल्लामा यो अभियान सुरु भएको हो । चितवनका युवा व्यवशायी विष्णु पौडेलले अभियानको दाङका मुख्य बजार घोराही र तुलसीपुरमा थालनी गरेका हुन् ।

‘वृद्ध, सुस्त मनस्थिति, साना बच्चा, अपांग जस्ले काम गरेर खान सक्दैन् त्यस्ताको लागि निशुल्क खानाको व्यवस्था गरेको छु’ आईतवार घोराहीमा पत्रकारहरुसँग उनले भने–‘यसले उनीहरुलाई केही राहत मिल्ने छ ।’

वृद्ध, सुस्त मनस्थिति, साना बच्चा, अपांग जस्ले काम गरेर खान सक्दैन् त्यस्ताको लागि घोराहीका दुई होटेल र तुल्सीपुरका दुई होटेलमा निशुल्क खानाको व्यवस्था गरिएको छ ।

पौडेलका अनुसार घोराहीका लागि तुल्सीपुर चोकमा रहेको चीतवन जलपान गृह र निमा हल अगाडी रहेको घोराही होटेल र तुल्सीपुरकालागि भुषाल होटेल विरेन्द्र चोक र सितलपुर रोडमा रहेको पौडेल नास्ता पसलले निशुल्क खानाको व्यवस्था छ ।

होटेलहरुमा वृद्ध, सुस्त मनस्थिति, साना बच्चा, अपांगहरुले खाएको खाना र नास्ताको रकम पौडेलले होटेलहरुको बैंक खातामा जम्मा गरिदिने गरेको उनले जनाए ।
देउघाट घुम्न गएको बेला ८८ बर्षीय वृद्ध महिला र ०७० सालको दशैमा ८ बर्षको एक बालकलाई खाना खुवाएपछि यो अभियान सुरु गरेको उनले बताए । कोही भोका नहुन भनने मेरो उद्धेश्य हो’ पौडेलले भने– ‘त्यसको लागि मासिक ३ लाखसम्म खानामै खर्च गरेको छु ।’ यो अभियान अहिले देशभरका ५४ स्थानमा चलिरहेको र जसबाट दैनिक ४ सय ५० बढी भोका पेटहरु भरिएको पौडेलले बताए । आफूले २० बर्षदेखी व्यवशाय गरेर कमाएको रकम भोका पेटहरुका लागि खर्च गरिरहेको उनको भनाई छ ।

‘भगवान् पुजेर धर्म कमाउनुभन्दा असहायहरुलाई सहयोग गर्नु नै वास्तविक धर्म हो’ उनले भने । यस अभियानमा लाग्न सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाज, उद्योगी व्यवशायी लगायत सबैलाई सहयोग गर्न आग्रह गरे । अभियानमा अभियान्ता विष्णु पौडेलको साथै पत्रकारहरु एकल सिलवाल र भानुभक्त न्यौपाने सहितको टोली दाङ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

आजको प्रमुख समाचार