डा. सिके राउतलाई रिहाई गर्न मागगर्दै वीरगंजमा प्रदर्शन

६ आश्विन २०७१, सोमबार १२:२६ मा प्रकाशित

वीरगंज, ६ असोज । असोज मधेसी पत्रकार समाज एवं मधेसी नागरिक समाजको अगुवाईमा डा. सिके राउतको रिहाईको मांग गर्दै वीरगंजमा शान्ति र्याली निकालिएको छ ।

वीरगंजको घण्टाघरबाट निकालिएको र्याली वीरगंज नगर परिक्रममा गरि पुनः घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै नेपाल बार एसोसियएसन पर्साका पूर्व अध्यक्ष सुधिर कर्णले नेपालमा व्यापक मानवअधिकारको उलघंन भइरहेको र व्यक्तिले आफनो कुरा स्वतन्त्रतापुर्व राख्नु पाउनुपर्ने भनाइ राख्दै मधेसको बारेमा वकालत गर्दै कसैलाई राज्यले पक्राउ गर्नु र्दुभाग्यपुर्ण भएको बताए ।
पूर्व सभासद आत्माराम साहले नेपाल सरकारले दोहरोनिती नत्यागे सम्म बिभेद अन्त्य नहुने धारणा राखेका थिए ।

बिद्यार्थी नेता यसवन्त यादवले सिके राउतलाई पक्राउ गरेर मधेसी जनतालाई राज्यले चुनौती दिएको धारणा व्यक्त गरे ।

मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले डा.सिके राउतलाई पक्राउ गरेर मधेसमा एकलाख सिके जन्मिसकेको धारणा राख्दै राज्यले जहिले पनि मधेश र मधेसीलाई हेलाको दृष्टिकोणले हेर्नु मधेस बिरोधी कुमानसिकताको उपज भएको धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

आजको प्रमुख समाचार