भावी रणनीति तया गर्न काङ्ग्रेस र एमालेको अलग अलग बैठक जारी

१६ जेष्ठ २०६९, मंगलवार १०:०२ मा प्रकाशित

काठमाडौ, १६ जेठ । संविधानसभा र संसद बिघटनपछि सरकारले घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनको बारेमा आधिकारिक धारणा बनाउन नेपाली काङ्ग्रेस र नेकपा एमालेको अलग अलग बैठक बसिरहेको छ । बैठकलले आज औपचारिक रुपमा तीन विषयहरुमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताईएको छ ।
सरकारको कदमको बारेमा पार्टीको आधिकारिक धारणा बनाउन नेपाली काङ्ग्रेसले केन्द्रीय समितिको बैठक अहिले बसिरहेको छ ।  पार्टी कार्यालय सानेपामा जारी बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले घोषणा गरेको संविधानसभाको निर्वाचन, यसपछि उत्पन्न भएको राजनीतिक शून्यताको बारेमा छलफल हुने काङ्ग्रेसले जनाएको छ । नयाँ संविधानसभाको निर्वाचन गर्नुपूर्व अपनाउनुपर्ने प्रक्रिया, सरकारको कदम र पार्टीको अवको रणानीतिको बारेमा आधिकारिक धारणा बनाउन बैठक बसेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । नेता केसीका अनुसार प्रधानमन्त्रीको एकलौटी ढङ्गबाट अघि बढ्ने प्रयासलाई असफल पार्न अपनाउने कदमको बारेमा केन्द्रीय समितिको बैठकले निर्णय गर्ने छ ।
यसैवीच  सरकारले जेठ १४ गते संविधानसभा विघठन गरी आगामि मंसिर ७ गतेकोलागी संविधानसभाको नयाँ मिति घोषणा गरेको परिस्थितिको विषयमा धारणा र भावी रणनीति तय गर्ने नेकपा एमालेको स्थायी कमिटिको बैठक अहिले बसिरहेको छ । पार्टी मुख्यालय बल्खुमा जारी बैठकमा सरकारले घोषणा गरेको मिति, सरकारको औचित्य, राष्ट्रिय सहमतिको सरकार गठन र नेपाली काग्रेससहित अन्य साना दलसँग गर्ने सहकार्यको विषयमा छलफल भईरहेको बताईएको छ । बैठकले केन्द्रीय समितिको बैठक बोलाउने र त्यसको एजेण्डाको विषयमा समेत छलफल भईरहेको बताईएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार