पूर्वराजा ज्ञानेन्द्र शाह घरमा

६ आश्विन २०७१, सोमबार १२:२२ मा प्रकाशित

काठमाडौ ६ असोज/ हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्व राजा ज्ञानेन्द्र शाह घर फर्किएका छन् । स्वास्थ्यमा सुधार आएपछि शाहलाई सोमबार विहान ११ बजे काठमाडौको नर्भिक अस्पताबाट डिस्चार्ज गरिएको हो ।

शनिबार राती हृदयघात भएका शाहलाई नर्भिक अस्पतालमा एन्जियोप्लास्टी तथा स्टेनिङको माध्यमबाट सफलतापूर्वक उपचार गरिएको थियो । पूर्व राजा शाह अहिले बोलचाल गर्न सक्ने र सामान्य हिँडडुल गर्न सक्ने भएपछि घरमै आराम गर्न भनिएको छ ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न सोमबार मात्रै उपराष्ट्रपति परमानन्द झा र प्रधानसेनापति गौरबशमसेर जवरा पनि नर्भिक अस्पताल पुगेका थिए । यसअघि एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराई सहित अन्य नेताहरु पनि स्वास्थ्य अबस्था बुझेर फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार