यमनमा राजनीतिक संकट अन्त्यको प्रयास

६ आश्विन २०७१, सोमबार ०८:४१ मा प्रकाशित

काठमाडौ, ६ असोज । यमन सरकार र शिया हौसी समुदायका विद्रोही बिच देशमा जारी राजनीतिक संकट अन्त्यका लागि एक सम्झौतमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पछि यमनमा नयाँ सरकार गठन हुनेछ । जसमा हौसी विद्रोहीलाई प्रधानमन्त्री पदको लागि आफ्नो उम्मेदवारी पेश गर्नका लागि ३ दिनको समय दिइएको छ । यमनका प्रधानमन्त्रि मोहम्मद सलिम बसिंंदवाले राजिनामा दिएको केहि घण्टामै यो सम्झौतामा हस्ताक्षर भएको हो ।

यो सम्झौताले हौसी विद्रोहीलाई यमन सरकारमा अप्रत्यासीत भुमिका मिल्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । यमनमा सन् २०११ मा सरकार सरकार विरोधी व्यापक प्रर्दशनपछि राष्टपति अलि अब्दुल्लाह सालेहले पद छोड्नु परेको थियो त्यतिबेला देखि नै यमन स्थिर हुन सकेको छैन ।

यमनको राजधानी सनामा हौसी विद्रोहीले महत्वपुर्ण थुप्रै भुभाग आफ्नो नियन्त्रणमा लिईसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिमा । पेरुमा शक्तिशाली भूकम्प गरेको छ । उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट एउटा

अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

क्यानबेरा । अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाएको छ । अष्ट्रेलियाका स्वास्थ्य