बाँदर मरेको शोकमा केश मुण्डन

६ आश्विन २०७१, सोमबार ०८:१७ मा प्रकाशित

पछिल्लो समय मानिस मर्दासमेत केश मुण्डन गर्न बिस्तारै छोड्दै गएको हाम्रो समाजमा बाँदर मरेको शोकमा केश मुण्डन गरियो भन्दा आश्चर्य लाग्न सक्छ । तर हाम्रै छिमेकी देश भारतको एक गाउँमा भने यस्तै घटना भएको छ ।

भारतको मध्यप्रदेशस्थित एक हनुमानको मन्दिरमा बस्ने एउटा बाँदर मरेको शोकमा गाउँभरका मानिसले केश मुण्डन गरेका छन् ।
डकाच्या गाउँमा बाँदरको मरेको शोकमा गाउँका २ सय जना पुरुषले कपाल मुण्डन गरेका हुन् । अरु ७ सय जनाले आफ्नो दाह्रीजुँगा मुण्डन गरेका छन् ।
गाउँको हनुमान मन्दिरमा लामो समयदेखि रहँदै आएको उक्त बाँदरलाई भुस्याहा कुकुरले लखेटेपछि पोखरीमा खसेर डुबेको थियो । पोखरीमा डुबेर बाँदर मरेपछि त्यहाँका स्थानीयले हिन्दु संस्कार अनुसार बाँदरको दाहसंस्कार समेत गरेका छन् । गाउँलेहरुले बाँदरको आत्माले शान्ति पाओस् र गाउँमा प्रलय नहोस् भनेर पुजापाठ समेत गरेका छन् ।
बाँदरको मरेको ११ औँ दिनको पुण्यतिथीमा समेत स्थानीयहरुले ठुलै कार्यक्रम गरी श्रद्धाञ्जली दिएका छन् । ११ दिनको कार्यक्रममा आसपासका ४ गाउँसम्मका हजारौँ मानिस उपस्थीत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

थाइल्यान्ड । थाइल्यान्डका एक टाटु कलाकार आठ ओटा पत्नीसँग एउटै घरमा मिलेर बस्ने खुलासा गरेपछि उनी चौतर्फी चर्चामा छन् ।

चितवन । उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ तर यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ ।

काठमाडौं। ५२ वर्षकी अमेरिकी महिलाले ११ पटक ९ जना फरक फरक पुरुषसँग बिहे गरिसकेकी छिन् । अब उनी फेरि बिहे

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,