नशालु पानी ख्वाएर लुटियो पाँच तोला सुन

६ आश्विन २०७१, सोमबार ०८:०० मा प्रकाशित

काठमाडौं, ६ असोज । नशालु पदार्थ मिसाएको पानी खुवाएर काठमाडौंमा एक सुन व्यापारीलाई लुटिएको छ । सार्वजनीक सवारी साधनमा नागेन्द्र चोकमा सुन व्यापारी गुणराज विक लुटिएका हुन् ।

बानेश्वरबाट न्युरोड जानेक्रममा नशालु पदार्थ मिसाएको पानी खाँदा उनी लुटीएको प्रहरीले जानकारी दिएको छ ।
महानगरिय प्रहरी परिसर काठमाडौंका अनुसार नगेन्द्रकान्छा चोकमा सुन पसल गरि बस्ने विकको ६ तोला सुन र ६३ हजार रुपैयाँ लुटपाट भएको हो ।

बसमा बानेश्वरबाट न्युरोड जाने क्रममा सामान्य चिनजान भएकी शिला भन्ने महिलाले उनलाई पानी खान दिएकी थिइन् ।
आइतबार पानी खाएर बेहोस भएका विकको झोलामा रहेको सुन र पैसा लुटिएको हो ।

विक होसमा आएपछि उनले प्रहरीमा आफु लुटिएको जानकारी दिएको सोमबारको नागरिकले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार