पुस्तक प्रदर्शनी तथा साहित्य यात्रा समापन

६ आश्विन २०७१, सोमबार ०७:५३ मा प्रकाशित

आइज सरकार आइज, कछुवामा चढेर आइज
हाम्रो भन्नु तँ एउटा छस्, पहिरोमा परेर आइज ।

गायक शिशिर योगीले भृकुटीमण्डपस्थित बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनीको अन्तिम दिनमा आयोजना भएको ‘सिस्नुपानी हास्यव्यङ्ग्य’ उत्सवमा यो गीत गाएर स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए ।

बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक यात्रा महोत्सव–२०७१ ले हास्यव्यङ्ग्य साहित्यकार भैरव अर्यालको जन्मजयन्तीको सन्दर्भमा आयोजना गरेको उक्त महोत्सवमा विभिन्न हास्यसाहित्यकार तथा कलाकारले आफ्ना प्रस्तुतिमार्फत अर्यालको सम्झना गराइरहेका थिए ।

सो अवसरमा साहित्यकार श्रीधर खनालले साहित्यकार अर्यालको तस्बिरमा माल्र्यापण गरेका थिए । उनले हास्यव्यङ्ग्य क्षेत्रको विकास गर्न अर्यालको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । सिस्नुपानीका अध्यक्ष लक्षमण गाम्नागेले भैरव नेपाली साहित्यको क्षेत्रमा हास्यव्यङ्ग्यमार्फत समाजका राम्रा र नराम्रा पक्षको खुलेर प्रस्तुत गर्न सक्ने सशक्त साहित्यकार भएको उल्लेख गरे ।

एउटा महान दुर्घटना भयो
एउटा अतुलनीय क्षति भयो
उद्धार समितिको कारले च्यापेर
मेरो कुकुर दुर्घटना भयो ।

अर्यालद्वारा रचना गरिएको कुकुर स्वर्गीय हुँदा शीर्षकको उक्त कविता प्रस्तुत गर्दै देवी घिमिरेले स्रोतालाई काउकुती नलगाएर हँसाउने र स्रोेताका भिजेका परेलीलाई हाँसोमा बदल्न सक्ने रचना अर्यालले गरेको जानकारी दिए ।
सो अवसरमा मोहनराज शर्मा, डा सुष्मा आचार्य, रोचक घिमिरे, कालीप्रसाद रिजाल, नरेन्द्रराज पौडेल, रामकुमार पाँडे, जय गौडेल, हरिकला उप्रेती, पुण्य पाण्डे, अर्जुन पराजुली, ज्ञाननिष्ठ ज्ञवाली, डम्बर घिमिरे, चक्र दवाडी, विष्णु प्रभात, ललिता दोषीलगायतले आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।

गत भदौ २७ गतेदेखि सुरु भएको महोत्सव–२०७१ को आज अन्तिम दिनसम्म करिब रु एक लाखको पुस्तक बिक्री भएको आयोजकले जनाएको छ । सो पुस्तक प्रदर्शनीमा सबैभन्दा बढी बिक्री हुने पुस्तकमा विजयकुमारको ‘खुसी’, रुकमाङ्गद कटवालको ‘आत्मकथा’, राधा पौडेलको मदन पुरस्कार प्राप्त गर्न सफल ‘खलङ्गामा हमला’ र सुबिन भट्टराईको ‘साया’लगायत पुस्तक छन् ।

प्रदर्शनीमा फिनिक्स प्रकाशन, पाँचपोखरी प्रकाशन, ऐरावती प्रकाशन, डिकुरा प्रकाशन, पैरवी बुक हाउस, प्रगति पुस्तक सदनलगायत करिब १२० प्रकाशनले प्रकाशन गरेका १० हजार शीर्षकका पुस्तक राखिएको थियो ।

साहित्यिक यात्रा महोत्सवका संयोजक विप्लव ढकालले उक्त महोत्सवमा लक्ष्य गरेजति सफल भएको बताए । उनले काठमाडौँ उपत्यकामा सञ्चालन भएको उक्त प्रदर्शनीले अपेक्षा गरेअनुसार सफलता पाएका कारण उपत्यका बाहिर विभिन्न तीन स्थानमा पनि गर्ने योजना राखिएको जानकारी दिए ।

साहित्यिक यात्रामा पुस्तक विमोचन, विशेष काव्यसभा, गजल वाचन, मुक्तक मेला र साहित्यका विभिन्न विधामा छलफल, राजनीतिक दलसँग संविधानका विषयमा कुराकानी, साहित्यकारको जन्मजयन्तीलगायतका २९ कार्यक्रम सम्पन्न भएको संयोजक ढकालको भनाइ छ । राससवाट ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

आजको प्रमुख समाचार