प्रधानमन्त्री कोइराला न्यूयोर्कमा

६ आश्विन २०७१, सोमबार ०७:३३ मा प्रकाशित

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिन २२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आईतबार न्युयोर्क पुगेका छन् ।

न्यूयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा प्रधानमन्त्री कोइरालालाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, नियोगका कर्मचारी तथा अमेरिकी विदेश विभागका अधिकारीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री कोइरालाले राष्ट्र सङ्घको महासभालाई यही असोज १० गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभाका क्रममा प्रधानमन्त्री कोइरालाले जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनलाई समेत सम्बोधन गर्नेछन् । महासभाको उच्चस्तरीय छलफल असोज ८ गतेबाट सुरु भई असोज २१ गतेसम्म जारी रहने छ ।

महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन, जनसङ्ख्या व्यवस्थापन र विकास, सुरक्षा परिषद्मा सदस्य सङ्ख्या विस्तार, गरिबी निवारणलगायत अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकसँग जोडिएका जल्दाबल्दा विषयमा कुरा उठाउने तयारी भइरहेको छ । प्रधानमन्त्री न्यूयोर्कमा रहनुहुँदा यहाँ बसोवास गर्ने नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

महासभाका दौरानमा सोमबार आयोजना हुने आदिवासी जनजातिसम्बन्धी विश्वसम्मेलन र जनसङ्ख्या तथा विकाससम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलनमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भाग लिनेछन् । नेपालले संयुक्त राष्ट्रसङ्घको सन् १९५५ मा सदस्यता लिएपछि महासभामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

नेपालको तर्पmबाट प्रधानमन्त्रीको हैसियतले सबैभन्दा पहिले सन् १९६० को महासभालाई तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले सम्बोधन गरेका थिए । नेपालले राष्ट्रसङ्घको ११औँ महासभाबाट सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो । प्रधानमन्त्रीका हैसियतमा महासभालाई सम्बोधन गर्ने प्रधानमन्त्री कोइराला नवौँ व्यक्ति हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस