पञ्चेश्वर जलविद्युत् आयोजनाः नेपाल–भारत ऊर्जा सचिव स्तरीय बैठक आजदेखि

६ आश्विन २०७१, सोमबार ०७:३२ मा प्रकाशित

काठमाडौं, ६ असोज । पञ्चेश्वर जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा नेपाल भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक आजबाट काठमाडौंमा सुरु हुने भएको छ ।

विगत २२ वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकेको सो आयोजनालाई अगाडि बढाउने उद्देश्यका साथ संयुक्त बैठकको आयोजना गरिएको हो ।

महकाली नदीमा निर्माण हुने सो बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सहमति भएको थियो ।

सोही सहमतिअनुसार संयुक्त बैठकको आयोजना गरिएको पञ्चेश्वर जलविद्युत् आयोजनाका आयोजना प्रमुख चिरञ्जीवी चटौतले राससलाई जानकारी दिए ।
बैठक आयोजनालाई कसरी अगाडि बढाउने तथा लागत के कति लाग्ने हो र निर्माण प्रक्रिया के कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित हुने उनले जानकारी दिए ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री, सहसचिव केशवध्वज अधिकारीलगायत, नेपाल विद्युत् विकास विभाग, सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण, अर्थ र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी हुनुहुनेछ भने भारतका तर्फबाट जलस्रोत सचिव आलोक राउतको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

कुल पाँच हजार ६०० मेगावाट विद्युत् उत्पादन हुने र दुवै मुलुकको बृहत् क्षेत्रमा सिँचाइ सुविधासमेत उपलब्ध गराउने लक्ष्य राखिएको सो आयोजनालाई रणनीतिक महत्वको आयोजनाको रुपमा लिने गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा उक्त आयोजनालाई छिट्टै अगाडि बढाउने ध्येयका साथ उच्चस्तरीय पञ्चेश्वर प्राधिकरणसमेत गठन गर्ने सम्झौता भएको थियो ।

भारतसँग विद्युत् खरिद सम्झौता(पिटिए) र भारतीय प्रवद्र्धक ग्रान्धी माल्लिाकार्जुन राव(जिएमआर) सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको परियोजना सम्झौता (पिडिए) समेत भइसकेको अवस्थामा पञ्चेश्वरको विषयलाई लिएर पहिलो पटक महत्वपूर्ण छलफल हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुरु हुँदैछ। हाल ६ वटा प्रदेशको अधिवेशन समाप्त भई त्यसको नतिजा

काठमाडौं । नेपाली काँग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । कांग्रेस

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधि सङ्घीय राजधानी काठमाडौँ आउने क्रम सुरु भएको छ। पार्टीको १३औँ

आजको प्रमुख समाचार