तेह्रथुम समाज बेलायतको अधिवेशन सम्पन्न

६ आश्विन २०७१, सोमबार ०१:१२ मा प्रकाशित

सुरेन्द्र इङ्नाम, केन्ट, बेलायत । बेलायतमा बसोबास गर्ने तेह्रथुमवासीहरुको संस्था तेह्रथुम समाज बेलायतको चौथो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले तेह्रथुम समाज बेलायतको नयाँ नेतृत्व समेत चयन गरेको छ ।

समाजका अध्यक्ष लोक गुरुङको सभापतित्वमा सम्पन्न भएको अधिबेशनमा संस्थाका उपाध्यक्ष टङ्क मगरले अधिवेशनमा सहभागी सम्पुर्ण बेलायतमा बसोबास गर्ने तेह्रथुमवासीहरुलाई स्वागत गर्नु भएको थियो ।

तेह्रथुम समाज बेलायतको विधान अनुसार प्रत्यक दुई वर्षमा नयाँ कार्यसमिति चयन गर्नुपर्ने र पुरानो कार्यसमितिले नयाँ कार्यसमितिको चयन गरेपछि मात्र काम कर्तब्य पुरा हुने उल्लेख छ ।

उक्त विधान अनुसार समाजले नयाँ कार्यसमिति चयनको लागी निर्वाचन अधिकृतहरु समाजका पुर्वध्यक्ष समाजसेवि चित्राज हुक्पा चेम्जोङ र निबर्तमान सचिव भिमराज तुम्बाहाङ्फेलाई तोकि नयाँ कार्यसमिति चयन गरेको हो ।

तेह्रथुम समाज बेलायतको अधिबेशनमा निर्वाचित अध्यक्ष छत्र तेयङ, उपादक्ष्य दल नारायण खापुङ, उपाध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे, उपाध्यक्ष श्रीमती मोहन हुक्पा चोङबाङ, सचिब डम्मर सिङ्गक, सह सचिव डम्बर खापुङ, कोषाध्यक्ष मोहन सोदेम्बा, सह–कोषाध्यक्ष जमिन थाङदेनले आ–आफ्नो ठाउमा रहेर जिल्वासीहरुको हक हितको संरक्षणमा क्रियाशील रहँदै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अधिबेशन समारोहका सभापति एबम निबर्तमान अध्यक्ष लोक गुरुङले नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारिहरुलाई शुभकामना साथै कार्य सफलताको कामना दिदै उपस्थितको लागि सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । अधिबेशन समारोह सस्थाका निबर्तमान सचिव गम्भीरध्वज तुम्बाहाङ्फेले सञ्चालन गरेका थिए ।

नव निर्वाचित कार्य समिति यस प्रकार रहेको छ :
अध्यक्ष: छत्र तेयङ
उपाध्यक्ष: दल नारायण खापुङ
उपाध्यक्ष: तिलबिक्रम सम्बाहाङ्फे
उपाध्यक्ष– श्रीमती मोहन हुक्पा चोङबाङ
सचिब: डम्मर सिङ्गक
सह-सहिब: डम्बर खापुङ
कोषाध्यक्ष: मोहन सोदेम्बा
सह-कोषाध्यक्ष: जमिन थाङदेन
सह-कोषाध्यक्ष: श्रीमती पञ्चकुमारी हुक्पा चोङ्बाङ
संचार प्रमुख: सुरेन्द्र इङ्नाम
सहायक संचार प्रमुख: लोक लुम्भुङ्वा
संस्कृतिक प्रमुख: निशा गुरुङ्,
सह-संस्कृतिक प्रमुख: ओम मगुराती र श्रीमती सानु सुब्बा

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी