अमेरिका भासिने कलाकारहरुको सुचिमा रेखा थापा पनि, ग्याँस स्टेशन किन्दै

५ आश्विन २०७१, आईतवार २३:५५ मा प्रकाशित

काठमाडौं । बिबादस्पद अभिनेत्री रेखा थापा अन्तत अमेरिकामा बस्ने निर्णयमा पुगेकी छिन । नायिका र निर्मात्रीको भूमिकामा बिबादस्पद र सफल रहेकी रेखा थापाले अमेरिका भासिने र ग्याँस स्टेशन किन्ने अन्तिम तयारीमा जुटेकी छिन ।
व्यवसायकै सम्भाव्यता अध्ययन गरेर रेखा गत साता मात्र काठमाडौं फर्किएकी थिइन्। तीन जनाको संयुक्त लगानीमा रेखाले पेट्रोल पम्प संचालनमा ल्याउन लागेको जनाएकी हुन्। अमेरिकाको दुईवटा सहरमा चाँडै नै पम्प संचालनमा ल्याउन तयारीमा उनी जुटेकी छन्। साझेदार र व्यवसाय सञ्चालन गर्ने सहरको नाम भने अहिले खुलाएकी छैनन्।

आउँदो दसैंको फूलपातीका दिन उनले निर्देशन गरेको चलचित्र हिम्मतवाली रिलिज हुँदैछ। हिम्मतवालीको प्रदर्शनका लागि उनी अमेरिकाबाट नेपाल फर्किएकी हुन्। पहिलोपटक कुनै नेपाली कलाकारले नेपालमै रहेर अमेरिकामा व्यवसाय संचालनमा ल्याउन लागेको सम्भवतः पहिलो प्रयास नै हो। व्यवसाय गर्नकै लागी उनि एक साता अमेरिकामा बसेकी थिइन्। अमेरिका बसाइका क्रममा उनले तेल व्यवसाय गर्ने कुरा टुंगो लगाएर नेपाल फर्किएकी हुन्। उनी नेपाल फर्किनुको कारण भने उनको चलचित्र हिम्मतवालीको रिलिज मिति पनि नजिक आएर पनि हो। अहिले उनी हिम्मतवालीको प्रचार प्रसामा व्यस्त भएकी छन्। हिम्मतवालीको अमेरिकामा पनि विशेष प्रदर्शन गरिने जनाइएको छ। अमेरिकामा हिम्मतवालीको प्रदर्शनको जिम्मा भने रेखाकी आमाले लिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। भारतीय टेलिभिजन अभिनेत्री शमा सिकंदरले बलिउड अभिनेत्री सनी लियोनीको फोटोसुट कपी गरेकी छिन् । शमाले पनि आफ्नो न्यूड फोटो

एजेन्सी । हलिउड गायिका एवं नायिका जेनिफर लोपेज चौथो विवाहको तयारीमा जुटेकी छन् । उनले चौँथो विवाह ‘ब्याटम्यान’ अभिनेता बेन

काठमाडौं । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक

काठमाडौं । यसवर्षको मिस वर्ल्ड अमेरिकी राज्य पुएर्तो रिकोमा सुरु भएको छ । नेपालसहित संसारका दर्जनौं मुलुकका सुन्दरी विश्व सुन्दरी

आजको प्रमुख समाचार