छैटौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता आजदेखि राजधानीमा सुरु

१६ जेष्ठ २०६९, मंगलवार ०९:५३ मा प्रकाशित

काठमाडौ, १६ जेठ । नेपाल सोतोकान कराँते सङ्घ (एनएसकेए) को आयोजनामा आजदेखि २१ गतेसम्म छैटौं अन्तराष्ट्रिय कराँते प्रतियोगिता तथा प्राविधिक प्रशिक्षक सेमिनार आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, जापान, घान, युएई (दुवई) भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, र अफगानिस्तानका महिला तथा पुरुष खेलाडी गरी कूल एक हजार खेलाडीको सहभागिता रहनेछ । बिश्वमैं प्रसिद्ध मार्शलआर्ट खेल मध्येको एक खेलको रूपमा परिचत यस प्रतियोगिताले खेल पर्यटनलाई बढावा दिनुका साथै नेपाली खेलाडीहरूको स्तरवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल सोतोकान कराँते सङ्घ मूल आयोजक कमिटीका सदस्य–सचिव श्याम शेर्पाले जानकारी दिनुभयो । प्रतियोगितामा सोतोकान स्टाईल मा १६ स्पर्धा हुनेछ, भने ओको स्टाइल (तौल समूह) मा २९ स्पर्धा गरी जम्मा ४५ स्वर्ण, ४५ रजत तथा ९० कास्य पदकको लागि प्रतिष्पर्धा हुनेछ । यसअघि भएको पाँचौं संस्करणमा आयोजक नेपाल टिम च्याम्पियन बन्न सफल भएको थियो । प्रतियोगितको टिम च्याम्पियनलाई नगद रू. ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित