एनआरएन युएसएको प्रेस विज्ञप्ति

१५ जेष्ठ २०६९, सोमबार २०:४५ मा प्रकाशित

प्रवासी नेपालीहरुको नेपाली नागरिकता निरन्तर कायम गर्ने बारे ।
प्रवासी नेपालीहरुको संगठन (एनआरएन) ले प्रवासी नेपालीहरुका लागि नेपाली नागरिकताको प्रावधान निरन्तरता दिन पाउनु पर्ने बिषयलाई महत्वपुर्ण मुद्धाको रुपमा जोड तोडका साथ उठाउदै आएको यहाँहरुलाई अबगतनै छ । समय समयमा हामीले नेपालका प्रमुख राजनीतिक दलका नेता र सरकार प्रमुखहरुबाट सकारत्मक आस्वासन पहि रहेका थियौ । तर संबिधान निर्माणको अन्तिम क्षणमा आएर संबिधान निर्माणको  अन्य मुद्दाहरुमा  जटिल छल फल चलिरहदा एक पटकको नेपाली सधैको नेपाली भन्ने मुद्धाले स्थान नपाएको र बेवास्था गरिएको जानकारी पाउदा समस्थ हामी प्रवाशी नेपालीहरु यस्तो खालको उपेक्षाबाट दुखि बनेका छौ ।
१. दोहोरो नागरिकता कायम गरियमा मानव स्रोतको प्रवाह,बौद्धिक पुंजी, आर्थिक प्रोत्सहान बैदेशिक समर्थकद्वारा व्यापक लव उठाउन सक्नेछ ।
२. माथि उल्लेख गरिएका विवरणलाइ तलका यी तथ्यहरुले स्पष्ट गर्ने छन् ।
३. विदेशमा करिब ५ लाख नेपालीहरुको बसोबास रहेको अनुमान गरिएको छ ।
४. विदेशमा बस्ने ५ लाख नेपालीहरुमध्यको १० प्रतिशतले बर्षको एक पटक  नेपाल भ्रमण गर्दा पनि एक जनाले गर्ने करिब २००० युएस डलरका दरले करिब २ करोड युएस डलर बैदेशिक मुद्रा मुलुकले    आर्जन गर्ने छ  ।
५. विदेशमा बस्ने ५ हजार नेपालीहरुले प्रति महिना सरदार १५०० युएस डलर स्वदेश नेपालमा खर्च गर्दा  बार्षिक ९० करोड युएस डलर बैदेशिक मुद्रा मुलुकले आर्जन गर्ने छ  ।
६. विदेशमा बस्ने तिनै ५ हजार नेपालीहरुले  आफु संग आश्रित २ जनाका दरले स्थानीय  रोजगारको अबसर निर्माण गर्दा १० हजार नेपालीलाई रोजगारको अवसर प्राप्त हुने छ ।
७. यदि प्रवाशी नेपालीहरुको बालबालिकाले भाषा संस्किर्ती  सम्बन्धि ज्ञान स्वदेशमै हासिल गर्ने अबसर प्राप्त गर्ने हो भने बार्षिक ३० करोड युएस डलर बैदेशिक मुद्रा मुलुकले आर्जन गर्ने छ  ।
प्रवासी नेपालीहरुले गर्ने सम्भावित लगानी:
१. विकशित देशम बस्ने ५ प्रतिशत नेपालीले प्रतिव्यक्ति १ लाख डलरका दरले मतरी स्वदेश नेपालमा लगानी गर्ने हो भने २५० करोड युएस डलर बैदेशिक मुद्रा मुलुकमा लगानी भित्रिने छ ।
२. करिब २५० करोड युएस डलर बैदेशिक मुद्रा मुलुकमा लगानी भित्रिदा करिब २५० हजार नेपाली दाजुभाई दिदि बहिनीले रोजगारीको अबसर प्राप्त गर्ने छन् ।
३. करिब २५० करोड युएस डलर बैदेशिक मुद्रा भित्रिएको लगानीले उत्पादन र क्रमश थप लगानी अनुमान गरे भन्दा धेरै ठुलो रकमको हुनेछ ।
४. लगानी संगै विस्तार हुने संस्किर्तीक र भावनात्मक सम्बन्ध अतुलनीय हुने छ ।
५. सायद यसै कारणले होला ठुला र बिकशित देशहरुले आफ्ना गैर आवाशीय नागरिकहरुलाई धेरै पहिले दोहोरो नागरकिता प्रदान गरेका छन् ।
६. हाम्रा दुई छिमेकीहरु  चिन र भारतले समेत यस्तो नीति अबलम्बन गरेर आफ्नो आर्थिक प्रगतिको साझेदार आफ्ना प्रवाशी नागरिकहरुलाई बनाउदै गरेको दृष्टान्त  हाम्रो आखै  अगाडी हुदा पनि नेपाल सरकार र नेपालका राजनीतिक दलहरुले हामीलाई उपेक्षा गरेको यो उदेक लाग्दो अवस्था देखेर हामी प्रवाशी नेपाली चकित परेका छौ ।
७. दोहोरो नागरकिता प्रदान गरेको अवस्थामा मुलुकले गुमाउने केहि हुदैन प्राप्त गर्ने असिमित शिप, दक्षता, अबसर र लगानीका सम्भावना छन् ।
यसर्थ एनआरएन युएसए, नेपाल सरकार, प्रमुख राजनीतिक दल र सम्बन्धित निकायलाई “एक पटकको नेपाली सधैको नेपाली” भन्ने नारालाई गम्भीर भएर सोचिदिन आग्रह गर्दै नयाँ बन्ने संबिधानमा दोहोरो नागरिकताको प्राबधान राख्न  हार्दिक अनुरोध गर्दछ ।
प्रवाशी नेपालीहरुको भावना समेट्दै,
एनआरएन युएसए
मिति: २६ मे २०१२

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद