काग्रेस र एमाले सहित साना दल निर्वाचनमा सहभागी नहुने

१५ जेष्ठ २०६९, सोमबार २०:२८ मा प्रकाशित

काठमाडौ, १५ जेठ । नेपाली काग्रेस र नेकपा एमाले सहित साना दलहरुको आज बसेको सर्वदलिय बैठकले प्रधानमन्त्री डा बाबुराम भट्टराईले मंसिर ७ गतेकोलागी घोषणा गरेको संविधानसभाको निर्वाचन अवैद्य भएको ठहर गर्दै त्यस्तो असम्बैधानिक निर्वाचन बहिस्कार गर्न सबैलाई आब्हान गरेका छन ।
नेपाली काग्रेस पार्टी मुख्यालय सानेपामा बसेको सर्वदलिय बैठकले  असम्बैधानिक तरिकाले घोषणा गरेको निर्वाचनमा सहभागी हुनै नसक्ने स्पष्ट पार्दै राष्ट्रपतीले सर्वदलिय सरकार गठन गरेपछि सोही सरकारले संविधानसभाको नयाँ मिति घोषणा गरे पछि मात्रै सरकारमा सहभागी हुने स्पष्ट पारेको छ ।  बैठकले निर्वाचनको घोषणा संवैधानिक, राजनीतिक र कानुनीरुपमा समेत अवैधानिक भएको निष्कर्स निकालेको  नेताहरुले जानकारी दिएका छन ।
बैठकले प्रधानमन्त्रीको कदमलाई असम्बैधानिक भन्दै राष्ट्रपतिलाई तत्काल मुलुकलाई निकास दिन सर्वदलिय सरकार गठनकोलागी पहल कदमी लिन आब्हान समेत गरेको छ ।
दलहरुले संविधानसभाको विघठन पश्चात प्रधानमन्त्रीको पद पनि गैसकेको ठहर गर्दै राष्ट्रपतिलाई सर्वदलीय छलफल गरी सहमतिको सरकार गठन गर्न आग्रह गरेको नेपाली काग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
सर्वदलिय बैठकमा काग्रेस, एमालेसहित मधेसी जनअधिकार फोरम नेपाल, राष्ट्रिय जनशक्ति पार्टी, राप्रपा, लगायतका एक दर्जन साना दलका नेताहरु सहभागि थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस