अनुगमन गर्न जाँदा विशाल बजार बन्द

५ आश्विन २०७१, आईतवार १८:११ मा प्रकाशित

काठमाडौं, ५ असोज । वाणिज्य विभागले अनुगमन थालेपछि व्यापारीहरुले काठमाण्डौको विशाल बजारका सबै पसल बन्द गरेका छन् ।

चारवटा पसलमा अनुगमनपछि सबै व्यापारीहरुले सटर तानेर बसल बन्द गरेका हुन् । विभागको टोलीले रेडिमेट कपडा र सुटकेस तथा व्यागहरुको पसलमा खरिद र विक्रिको विल मागेर अनुगमन गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका हुन् ।

अनुगमन गरिरहदा व्यापार संघका अध्यक्ष सहितका केही व्यक्ति आएर होहल्ला गरकोे र सबै सटेर बन्द गरेको बाणिज्य विभागको अनुगमन टोलीका सदश्य हेरम्भराज पोखरेलले जानकारी दिए ।

उहाले आफुहरु व्यापारीले पसल खोल्लान भनेर केहीबेर बाहिर कुरिरहेको तर, पसल नखुलेपछि फकिएको बताउनुभयो ।
व्यापारीहरुले खरिद मूल्य र विक्रि मुल्य नमिल्ने भन्दै अनुगमनको विरोध गरेका थिए ।

निकै कम मूल्यमा ल्याएको सामान १० गुणाबढीसम्म मूल्यमा विक्रि भएको गुनासो आएपछि विभागले अनुगमन थालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप

काठमाडौँ । हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनाबद्ध रुपमा प्रयास

काठमाडौँ । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको