९ मध्य ८ खेलमा पराजित

५ आश्विन २०७१, आईतवार १८:०४ मा प्रकाशित

काठमाडौं, ५ असोज । दक्षिण कोरियामा जारी सत्रांै एसियाली खेलकुद अन्तर्गत आज भएका खेलमा नेपाली टोलीले एउटामा मात्र जित आत्मसाथ गरेको छ भने बाँकी ८ वटा खेलमा हार बेहोरेको छ ।

आज दोस्रो दिनको खेल अन्तर्गत उसुमा झरना गुरुङ क्वार्टरफाइनलमा पुगेकी हुन् । प्रिवार्टरफाइनलमा ६० किलो तौल समूहमा झरनाले तुर्कमेनिस्तानकी खेलाडीलाई २–० ले पराजित गर्दै अन्तिम आठमा ठाउँ पक्का गरिन् ।
पुरुष ६० किलो तौल समूहमा मंगलप्रसाद थारु भने पहिलो खेलबाटै बाहिरिएका छन् । थारु भारतीय खेलाडी नरेन्द्र गेरेवालसंग २–० ले पराजित भए ।

प्रतियोगिता अन्तर्गत फुटबलमा नेपाल जापानसँग पराजित भएको छ । कोरियाको गोयङ स्टेडियममा सम्पनन खेलमा नेपाल जापान सँग ४ सुन्य गोलले पराजित भयो । लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरिसकेको नेपालको आजको खेल औपचारिकताका लागि मात्र खेलेको थियो ।

त्यस्तै प्रतियोगिता अन्र्तगत नेपाली महिला क्रिकेट टोली थाइल्याण्डसँग पराजित भएको छ । कोरियाको योनोई क्रिकेट मैदानमा आज सम्पनन खेलमा नेपाल थाइल्याण्डसामु ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ६५ रनको लक्ष्य थाइल्याण्डले १५ ओभर २ बलमा ४ विकेटको क्षतीमा भेट्टायो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर जम्मा ६४ रन बनाएको थियो । नेपालका लागि नेरि थापाले १८ तथा ममता चौधरिले १७ रन बनाउनु बाहेक कुनै अरु खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

यसैगरी नेपालको ब्याडमिन्टन टोली क्वाटरफाइनलमा रोकिएको छ । एसियाडमा पहिलो पटक क्वाटरफाइनल पुगेको नेपाली ब्याडमिन्टन टिम आज मलेसियासँग पराजित भएको हो ।
पहिलो खेलमा मकाउलाई हराएको टिम आज मलेसिया सँग ३ सुन्यले पराजित भयो । नेपालका रत्नजित तामाङ मलेसियाका चोङ वेई लीसग २१–१० र २१–१२ ले पराजित भए । यसैगरी बिकाश श्रेष्ठ मलेसीयाकै वेई फेङ चोङसग २१–१० र २१–१३ ले पराजित भए भने अर्का मलेसीयन खेलाडी ईस्कान्दर जुनेद्दीनले नेपालका साजनकृष्ण ताम्राकारलाई २१–३ र २१–४ को सोझो सेटमा हराए

यस्तै सुटिङको १० मिटर एयर पेस्तोलमा पुरुषतर्फ नेपाल छनोट चरणबाटै बाहिरिएको छ
जुडोको महिला ६३ केजीमुनिको प्रतिस्पर्धामा फुुपुल्हामु खत्रीले ताइवानकी चाङ या जुसँग पराजित भइन् । उनले ३ मिनेट १७ सेकेन्डसम्म मात्र प्रतिस्पर्धा गर्न सकिन् ।

आजै सेपाक ताक्रोको मेन्स डबल्सअन्र्तगत समूह ए को प्रारम्भिक चरण मा नेपाल प्रारम्भिक चरणमा रोकिन पुग्यो । नेपाल आयोजक दक्षिण कोरियासँग २ सुन्यले पराजित हुन पुग्यो ।
पौडी तर्फ शिरीष गुरुङले दुई सय मिटर फ्री स्टाइलको हिट चरणमा रोकिन पुगे । कुल ८ खेलाडी रहेको सो हिटमा समुहमा अन्तिम भएका शिरिषले २ मिनेट १० दशमलव २३ सेकेण्डमा दुरी पुरा गरे ।
महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा सोनिरा विष्ट पनि हिट चरणमै रोकिइन् ।

यस्तै टेनिसको पुरुष तर्फको टिम प्रतिस्पर्धाको दोस्रो चरणमा नेपाल भारतसँग ३ सुन्यले पराजित भयो । नेपालका अभिषेक बास्तोला भारतका सनम किशन सिंहसग ६–० र ६–१ ले, जितेद्र परीयार भारतकै युकी भाम्ब्रीस ग ६–० र ६–० ले तथा दावा सोनाम शेर्पा र सन्तोष खत्रीको जोडी भारतका दिभिज शरण र शकेथ सई मिनेनीको जोडीसग ६–० र ६–० को स्कोरमा पराजित भए ।
यसैगरी भारत्तोलनतर्फ नेपालका बिकाश थापाको प्रदर्शन पनि सहभागितामै सिमित भएको छ । पुरुष ६२ केजीतर्फ प्रतिस्पर्धा गरेका थापाले स्न्याचतर्फ १ सय ५ केजी तथा क्लिन एण्ड जर्कतर्फ १ सय २३ केजी गरी कुल २ सय २८ केजी तौल उठाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिंगमा न्यूजील्याण्ड ६२ रनमा अल आउट भएको छ । खेलको दोस्रो दिन न्यूजील्याण्ड केवल

काठमाडौं । काठमाडौमा जारी शहिद स्मारक ए डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा संकटा क्लब र मनाङ मस्याङ्दी क्लब बराबरीमा रोकिएका

काठमाडौं।नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।

काठमाडौं।नेपाल भलिबल संघ (एनभीए) ले बंगलादेशमा हुने प्रतियोगिताको लागि पहिलो चरणको महिला खेलाडी छनोट गरेको छ । रेश्मा भण्डारीलाई बाहिर

आजको प्रमुख समाचार