प्राध्यापकनै उत्रिए तोडफोडमा

५ आश्विन २०७१, आईतवार १८:०२ मा प्रकाशित

काँस्की, ५ असोज । प्राध्यापक तथा कर्मचारीले पोखरा विश्वविद्यालयमा तोडफोड गरी पदाधिकारी घेराबन्दी गरेका छन् ।

एक साताअघि बसेको कार्यकारी परिषद्को बैठकले करारमा रहेका प्राध्यापक र कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि आज विश्वविद्यालयमा तोडफोड र पदाधिकारी घेराबन्दी पारेका हुन् ।

लामो समयदेखि विश्वविद्यालयमा कार्यरत ९५ जना प्राध्यापक र ६ जना कर्मचारीलाई परिषद्को बैठकले अवकाश दिने निर्णय गरेपछि आक्रोशित प्राध्यापक र कर्मचारीहरूले विश्वविद्यालयको डिन, उपकुलपति र स्कुल अफ विजनेस कार्यालयका फर्निचर, कार्यालयका सिसा र गमलाहरू तोडफोड गरेका छन् ।

आन्दोलित प्राध्यापक र कर्मचारीहरूले रजिष्ट्रार मानबहादुर केसी, कार्यकारी सदस्यहरू ईन्द्र तिवारी र ज्ञानेश्वर शर्मालाई घेराबन्दीमा पारेर तुरुन्त म्याद थप्न र प्रक्रिया पु¥याएर स्थायी गर्न अनुरोध गरेका छन् ।

आन्दोलित प्राध्यापक योगराज लामिछानेका कुनै सूचना नै नदिई दसैँको मुखमा एक्कासि लामो समयसम्म कार्यरत प्राध्यापकहरूलाई हटाएको विरोधमा उत्रनुपरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन