आँफै संयोजक बन्ने प्रचण्डको अडानले भाँडीयो तीन दलको बैठक

५ आश्विन २०७१, आईतवार १७:५३ मा प्रकाशित

काठमाडौं, ५ असोज । एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरिय राजनितिक संयन्त्रको संयोजक आफु नै हुनु पर्ने अडान राखेपछि प्रमुख तिन दलको बैठक आज पनि उपलव्धीहिन भएको छ ।

सिंहदरवारमा बसेको दलहरुको बैठकमा समिति गठन गर्न सवै दलहरु सहमत देखिएपनि दाहालले संयोजक आफु हुनु पर्ने अडान लिएपछि समिति गठनको कुरा अगाडी बढ्न नसकेको हो ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले माओबादीले अघिल्ला बैठकहरुमा आलोपालो संयोजकका विषयमा सहमति जनाएपनि आज भने आफु मात्रै हुनु पर्ने अडान लिएको जानकारी दिए ।

बैठकमा अन्य दलहरुले भने पालै पालो समितिको संयोजक हुनु पर्नेमा जोड दिएका थिए । समितिको संयोजक वाहेक समितिको कार्यक्षेत्रका बारेमा समेत दलहरुका विचमा विवाद चर्किदै गएको छ ।

एकिकृत माओबादीले समितिलाई शान्ति प्रक्रियाका वाँकी काम र संविधान निर्माणका विषयमा समेत अधिकार दिईनु पर्नेमा जोड दिएको छ भने अन्य दलहरुले परामर्शदाताको रुपमा मात्रै भुमिका दिन सकिने अडान राखेका छन । समितिलाई अधिकार दिईयो भने संविधान सभा माथी हस्तक्षेप हुने भएकाले समितिलाई अधिकार दिने विषयमा आफुहरुले असहमपति जनाएको एमाले नेता अग्नी खरेलले जानकारी दिए ।

उनले समितिमा धेरै दलहरुलाई सहभागी गराउनु पर्ने एकिकृत माओबादीको शर्तमा पनि आफुहरुले सहमति जनाउन नसकेको स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार