नेविसंघ महाधिवेशनको मिति फेरी घोषणा

५ आश्विन २०७१, आईतवार १७:५१ मा प्रकाशित

काठमाडौं, ५ असोज । नेपाल विद्यार्थी संघको महाधिबेशनको मिति फेरि तोकिएको छ । अब महाधिबेशन कार्तिक ३० देखि मंसिर २ गतेसम्म काठमाडौमा हुने भएको छ । गत भदौ २९ गते एकाएक स्थगित भएको महाधिबेशनको माग गर्दै विद्यार्थी नेताहरुले पार्टी कार्यालय सानेपामा अनसन बसेपछि महाधिबेशनको मिति तय गरिएको हो ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अनशनरत विद्यार्थी नेताहरुलाई जुस खुवाउदै अनसन तोडाएर मिति घोषणा गरेका हुन् । अनसनरत बिद्यार्थीहरुसंग महाधिवेशन गर्ने लगायतका ४ बुँदे सहमति भएको थियो । सानेपामा युवा नेता तथा सभासद् गगन थापाले अब तोकिएको मितिमै अधिबेशन भएकाले तयारी थाल्न विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

अब नेविसंघको महाधिबेशन नेपाली कांग्रेस आफैँले गराउने भएको छ । नेविसंघको बर्तमान कार्यसमितिले नभई कांग्रेस निर्देशन समितिले बनाउने भएको हो । उसले अब अधिबेशन हुँन बाँकी जिल्ला तथा क्याम्पसमा आफै कांग्रेसले गराउने भएको काँग्रेस प्रचार बिभागका सदस्य सचिव दामोदर प्रसाद दवाडीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमाको १०औँ महाधिवेशनका लागि २१७५ जना महाधिवेशन प्रतिनिधि छनोट भएको छ । एमलेले आदिवासी, महिला, जनजाति समेटेर

काठमाडौं । नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बिहान १० बने बन्दसत्र सुरु हुने भएको छ । नारायणी

चितवन । नेकपा एमालेले चितवनमा जारी दशौं महाधिवेशनलाई चर्चा गरेजस्तो व्यवस्थित बनाउन सकेन । उद्घाटसत्रमा पाँच लाख जनता उतार्ने उद्घोष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको

आजको प्रमुख समाचार