तराईलाई एक मात्रै प्रदेश बनाउन हुँदैनः लेखी

५ आश्विन २०७१, आईतवार १५:३३ मा प्रकाशित

दाङ ५ असोज । आदिवासी जनजाति नेता राजकुमार लेखीले तराई र पहाडमा समान प्रदेश निर्माण गरिएको बताएका छन् ।

नेपालका आदिवासी जनजाति समूदायले नाम मात्रको संघियता नखोजेको प्रष्ट पारे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङले आईतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले नेपालको आधा जनसँख्या बोकेको तराईमा पहाडी क्षेत्रमा जत्तिकै प्रदेशहरु समानरुपमा निर्माण गरिनुपर्नेमा जोड दिए ।

संघियताको माग समानताका लागि, अधिकार प्राप्तीका लागि र विकासका लागि गरिएका कारण संघियतालाई तराईमा एक वा दुई प्रदेशमा मात्र सिमित गर्न नहुने उनको भनाई छ ।

तराई एक प्रदेश बनाईएमा थारु आदिवासीको छातिमा गोली ठोकेसरह हुने लेखीले बताए ।
उनले भने यहाँका आदिवासी जनजाति, पिछडिएको समूदायले नाम मात्रको संघियता नभएर अवसरसहितको संघियताको माग गरेको छ ।

नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखीले संघियताको अर्थ भनेको अवसरको ढोका भएको बताउँदै उहाँले अहिले संविधानसभामा संघियतालाई नामका रुपमा मात्र ब्याख्या गरिएको उल्लेख गरेका थिए । ‘संघियताको अर्थ भनेको नाम मात्र होईन । संघियता अवसरका निम्ती ढोका हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार